Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी ओलीको स्वेच्छाचारिताको अन्त्यका लागि निर्वाचन आवश्यक– कमल थापा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ११ २०७७
  • 4.8K
    SHARES

काठमाडाैं । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको लागि चुनाव आवश्यक रहेको बताउनुभएको छ ।मकवानपुरको पदमपोखरीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्रधानमन्त्री ओलीको स्वेच्छाचारिता अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनसम्बन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक रूपमा शान्ति र स्थिरताको लागि निर्वाचनमा जानुको विकल्प नभएकाले सर्वोच्चको फैसला सबैले मान्नु पर्ने स्पस्ट पार्नुभयो ।अध्यक्ष थापाले नेपाली कांग्रेसले सत्ताका लागि अपवित्र गठबन्धन गरेर जनतको नजरबा खस्ने बताउनुभयो । ‘अपवित्र गठवन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्याण्डेट थिएन,’ उहाँले भन्नुभयो, ‘कांग्रेसले सत्ताको लोभ देखायो भने कांग्रेस पनि जनताको नजरबाट खस्नेछ ।’

अध्यक्ष थापाले विगत१४ बर्षको राजनितीक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्नेमा जोड दिनुभयो । स्वाधिन, सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने बताउनुभयो ।गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोले त्यसको भारी बिसाउनुपर्ने अध्यक्ष थापाको भनाइ छ । उहाँले भन्नुभयो, ‘विदेशीको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्यव्यवस्था र प्रणाली कायम गरौं, जुन सहमतिको आधारित होस् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४