Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश गरिँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ९ २०७७
  • 2.9K
    SHARES

काठमाडौं,/ प्रदेश १ को प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ। आइतबार प्रदेश सचिवालयले जारी गरेको कार्यसूचीअनुसार मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुनेछ।

‘नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेशन नं १ का माननीय मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ऐन नियमावलीको नियम १२९ (४) बमोजिम पेश हुने’ प्रदेशसभा सचिव गाेपाल पराजुलीमार्फत् जारी कार्यससूचीमा उल्लेख छ ।

यससअघि आइतबारको संसद् बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई मुख्य मन्त्री राईले दबाब दिएका थिए । तर, सभामुखले भने अस्वीकार गर्दै कार्यसूची नै प्रकाशन गरेर अविश्वासको दर्ता गर्ने भनिएको छ ।

अहिले मुख्यमन्त्री र उनी पक्षका सांसदको बैठक मुख्यमन्त्री कार्यालयमा जारी रहेको जनाइएको छ। बैठकमा सदन वहिष्कार गर्ने कि, बैठक अवरोध गर्ने ? भन्ने विषयमा छलफल भइरहेको बताइन्छ।

मुख्यमन्त्रीले सभामुखलाई बैठक रोक्न र अविश्वास प्रस्ताव खारेज गर्न दबाब दिए पनि अन्तत अविश्वासको दर्ता गरिने सूचनामा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४