Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना खोप वितरण प्रणाली अन्यायपूर्ण र विभेदकारी छः राष्ट्रसंघ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ६ २०७७
  • 4K
    SHARES

काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्वमा कोरोना भाइरसविरुद्धको खोप वितरणमा देखिएको असमानताको विषयप्रति असन्तुष्टि जनाएको छ ।

राष्ट्रसंघका प्रमुख एन्टोनियो गुट्रेसले खोप वितरणको विषयलाई लिएर चर्को आलोचना गर्नुभएको छ । उहाँले खोप वितरण प्रणाली अन्यायपूर्ण र विभेदकारी रहेको बताउनुभएको छ ।

गुट्रेसले कोभिड कुल भ्याक्सिनको ७५ प्रतिशत मात्र १० देशको नियन्त्रणमा रहेको भन्दै कुनै देशमा भ्याक्सिन नै उपलब्ध नहुनु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिनुभयो ।

राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले दुनियाभर १ सय ३० देशमध्ये केहि देशहरुमा भ्याक्सिन नपुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले यो महामारीको समयमा भ्याक्सिनको समान वितरण विश्व समुदायको नैतिक परीक्षाको समय भएकाले आपतकालिन खोप अभियानको योजनामा सबै देशको साथ रहनुपर्नेमा जोड दिनुभयो ।

भ्याक्सिनको समान वितरणको सुनिश्चितताका लागि जी ट्वान्टीमा सहभागी ठूला अर्थतन्त्र भएका राष्ट्रहरुले आपतकालिन कार्यदल गठन गर्नुपर्ने र यसमा औषधी उत्पादक कम्पनीलाई पनि सामेल गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४