Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हाम्रो लडाइँ पदकाे निम्ति होइन बिचार, पद्धति र सिद्धान्तकाे हो : अध्यक्ष ‘प्रचण्ड’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २६ २०७७
  • 5.9K
    SHARES

काठमाडौं/ प्रचण्ड-नेपाल समुहकाे (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदको लोभ र भागबण्डाको कारण संघर्ष सुरु नभएको बताउनु भएको छ । सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रथम राष्ट्रिय परिषद बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिक कार्यदिशा र बिचारमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेको कारण संघर्ष सुरु भएको स्पष्ट पार्नुभयो ।

आफूलाई प्रधानमन्त्री र कुर्सी पदको लागि झगडा गरेको केपी ओली गुटका प्रतिकृयावादी तत्वहरले आरोप लगाउने गरेको बताउदै अध्यक्ष प्रचण्डले त्यो सत्य नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो लडाइ बिचार र राजनीति मै हो, केपीसँग प्रधानमन्त्री र कुर्सीकाे लागि लडाइँ हो की ? भन्ने गर्छन्, यो प्रचार केपी गुटका प्रतिकृयावादी र अवसरदावीहरुले गर्ने गरेकै हो।’ उहाँले थप्नुभयाे, ‘हामी पदको लागि होइन बिचारको, पद्धति र सिद्धान्तका निम्ति हाम्रो लडाइँ हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा राजनितिक कार्यदिशा र विचार स्पष्ट लेखेपनि तर केपी ओलीले ठिक त्यही कार्यदिशा र विचारमाथि पार्टी एकता देखि नै प्रहार गर्दै आएपछि संघर्ष सुरु भएको अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो ।

आफूले पार्टी एकता बचाउन राजनीतिक प्रतिवेदन र नेकपा विधानमा गरिएको व्यवस्थालाई बचाउन पद छोड्दै हिडेको प्रचण्डको भनाइ छ । आधा आका कार्यकाल प्रधानमन्त्रीको सहमति भएपनि पार्टी एकता बचाउन पाँचै बर्ष प्रधानमन्त्री हुन केपी ओलीलाई दिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेले पार्टी एकता बचाउन र विधानमा भएको व्यवस्था बचाउन पद छोड्दै हिडेको हो, प्रधानमन्त्री नै तपाईँ पाँचै बर्ष चलाउनुस् बरबबरी भएपनि मलाइ पार्टी चलाउन दिए पुग्छ, दुख: गर्छु देशैभर भनेर भन्दा पनि सुख नपाएको मान्छे हुँ नि म।’

अध्यक्ष प्रचण्डले नेकपाको आन्दोलनलाई विचार र संगठनलाई बदनाम गराउनेहरुले मात्रै पद र कुर्सीको कारण पार्टी यो स्थितीमा आएको भनेर भन्ने गरेको बुझ्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४