Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिमका मुख्यमन्त्री विरुद्ध पनि अविश्वास प्रस्तावको तयारी, हिउँदे अधिवेशन सुरू हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २६ २०७७
  • 3.7K
    SHARES

कैलाली,/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता हुन सक्ने देखिएको छ । नेकपा ओली समूहले मुख्यमन्त्री भट्ट विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेको बताइएको छ । मुख्यमन्त्री भट्ट नेकपा प्रचण्ड–माधव समूहमा रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सभाको हिँउदे अधिवेशन आज (सोमबार) देखि सुरु हुँदै छ । गत जेठ १३ गते प्रदेशकाे बजेट अधिवेशन सुरु भएर भदौ ३१ गते सकिएको थियो । एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन सुरु गरिसक्नुपर्ने भएकाले आजबाट हिउँदे अधिवेशन बोलाइएको हो ।

आजको प्रदेश सभा बैठकमा तीनवटा विधेयक पेश हुने बताइएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेका तीनवटा विधेयक प्रदेश सभामा यसअघि नै दर्ता गराइसकिको छ ।

यसैबीच अल्पमतमा रहेको नेकपा ओली समूहले मुख्यमन्त्री हटाउने योजना बनाइरहेको विशेष स्रोतले जनाएको छ । प्रदेश सरकारबाट बाहिरिसकेको ओली पक्षले प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर मुख्यमन्त्री भट्टविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको स्रोतको दाबी छ ।

हाल सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सांसद छन् । तीमध्ये नेकपाका मात्रै ३९ जना रहेका भए पनि ओली समूहमा ७ जना मात्रै रहेको बताइन्छ । बाँकी नेकपा प्रचण्ड–माधव समूहमा रहेका छन् । उता नेपाली कांग्रेसका १२ जना सांसद र जनता समाजवादी पार्टीका २ जना सांसद रहेका छन् । हालको अवस्थामा मुख्यमन्त्री विरुद्ध अविश्वास ल्याइहालेमा पनि प्रतिपक्षी दलका सांसद मिल्दा पनि बहुमत पुग्नेचाहिँ देखिँदैन ।

यसअघि बाग्मती प्रदेश र प्रदेश- १ का मुख्यमन्त्रीहरू विरूद्ध नेकपा प्रचण्ड-माधव समूहले अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४