Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बडीमालिकाको बखान : जहाँ मन नै हराभरा हुन्छ (फोटो फिचर)


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २४ २०७७
  • 6.4K
    SHARES

काठमाडौं । आँखाले भ्याउनेसम्मको फराकिलो लेकाली फाँट । सतहमा रंग-विरंगी जंगली फूलहरु । मध्यभागमा कलकल बग्ने खोला । खोला किनारमा मन्दिर । कुनै सिपालु चित्रकारले कुशलतापूर्वक खिपेको ल्याडस्केप जस्तो । आहा ! कति मोहक बडीमालिका । प्रकृतिको यो कस्तो मनोहर उपहार ?

जब-जब खप्तड र बडीमालिकाकको प्रसंग आउँछ, मेरो हृदय यसै-यसै रोमाञ्चित हुन पुग्छ । यहाँको बिराट सौन्दर्यलाई आफैंभित्र समेटेर बसौं जस्तो लाग्छ ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य कृष्णबहादुर महराले खप्तड-बडीमालिकाको कुरा गरिरहन्थे । उनको भनाइ के हुन्थ्यो भने, जीवनमा एक पटक त्यहाँ पुग्नैपर्छ । तर, उनले भनेजस्तै खप्तड-बडीमालिका पुग्ने मेलोमेसो मिलिरहेको थिएन ।

यसपटक राम्रो गुण लगाए, दीपक खड्काले । उनी पर्यटन व्यवसायी हुन् । खप्तड र बडीमालिकाको पर्यटन विकासमा टेवा पुर्‍याउने हेतुले उनले हेलिकप्टर टुर प्याकेज ल्याएका रहेछन् । यही मौकामा मनमा थाँती रहेका रहर पूरा गरियो । अर्थात खप्तड र बडीमालिका पुग्ने मेसो जुर्‍यो ।

प्राकृतिक सौन्दर्यमा त्यस्तो के जादु हुन्छ, जसले मनलाई हरदम आनन्दि बनाउँछ ? जसै खप्तड र बडीमालिका पुगियो, मन नै हराभरा भयो ।

प्राकृतिक सौन्दर्यमा रमाउने र धार्मिक आस्था राख्नेहरुका लागि गजब गन्तव्य रहेछ, बडीमालिका । अपी सैपाल हिमाललगायतलाई पृष्टभूमिमा राखेर बडीमालिकाले आगन्तुकको स्वागत गर्छ । यहाँको विशाल फाँटहरुमा पुग्दा मन यसै-यसै उमंगले भरिन्छ ।

यी फाँटहरुले समयअनुसार आफ्नो रुप परिवर्तन गर्छ । हिँउदमा यो सेताम्मे हुन्छ, हिँउले ढाकेर । वषर्ायाममा यो रंगीचंगी हुन्छ । हरिया फाँटहरुमा फूल्ने लेकाली फूलहरुले यो विछट्टै रुपवती देखिन्छन् ।

मडीमालिका मेला

बडीमालिकामा प्रत्येक वर्ष जनै पूणिर्माका दिन ठूलो मेला लाग्छ । गंगा दशहरा र जनैपूणिर्मा गरी वर्षको दुईपटक मेला लाग्दै आएको छ ।

त्यस समयमा केही स्थानीय व्यापारीहरुले पसल राख्ने गर्छन् । अन्य समयमा त्यहाँ पसलहरु खासै भेटिँदैन । मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न आउँछन्ा् । भक्तजनहरूले आफूले मागेको वरदान पूरा हुन्छ भन्ने विश्वास गर्छन् ।

खानपान र वसोबासको व्यवस्था

बडीमालिका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफैं गर्नुपर्छ । मन्दिर व्यवस्थापनले भक्तजनहरुलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरु त्यहीँ बास बस्ने गर्छन् ।

जडीबुटी चोरिने जोखिम

बडीमालिकामा सरकारको पहुँच नभएका कारण त्यहाँबाट जडीबुटीको चोरी निकासी हुने गरेको छ । सरकारले बडिमालिका जाने स्थानमा चेकपोष्ट राख्नुपर्ने उनको माग छ ।

यो मन्दिरमा सरकारका तर्फबाट एकजना पूजारी बनाइएका छन। त्यसो त यो पश्चिमनेपालको शक्तिशाली शक्तिपीठ हो ।

कसरी पुग्ने

गाडीबाट बडीमालिका जान धनगढी वा नेपालगन्जबाट अछामको साँफेबगर पुग्नुपर्छ । त्यहाँबाट ब्रहृमतोलाको शेराबजारसम्म गाडीको सुविधा छ । साँफेबगरबाटै हिँड्नुको विकल्प छैन । हवाईमार्गको प्रयोग गर्ने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टी पुगिन्छ । कोल्टीबाट एक दिनको बाटो हिँडेर सदरमुकाम मार्तडी पुगिन्छ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारबाट पैदल हिंडेर जाँदा ३ दिनमा पुग्न सकिन्छ ।

(धनञ्जय रेग्मी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत हुन्)

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४