Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नख्खु कारागारमा हेमन्तप्रकाशसँग मन्त्री थापाको भेट, के भयो कुराकानी ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २० २०७७
  • 2.4K
    SHARES

काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश वलीसँग भेट गर्नुभएको छ । नख्खु कारागारको भ्रमणका लागि त्यहाँ पुग्नुभएका मन्त्री थापाले वलीसँग पनि भेट गर्नुभएको हो ।

वली आफ्नो पुरानो साथी भएकाले भेटेको मन्त्री थापाले बताउनुभयो । कारागार सफाइ तथा अन्य व्यवस्थापनको विषयमा मात्र कुराकानी भएको जिकिर गर्दै मन्त्री थापाले राजनीतिक विषयमा कराकानी नभएको बताउनुभयो ।

भ्रमणका क्रममा मन्त्री थापाले त्यहाँको पानी र सरसफाइको समस्याको बारेमा जानकारी लिनुभएको छ । कारागार प्रशासन र कैदीबन्दीको आग्रह अनुसार भ्रमणमा गएको मन्त्री थापाको भनााइ छ ।

करिब २ हजारको हाराहारीमा रहेका कैदी बन्दीहरुलाई एउटा मात्रै धाराको पानीले व्यवस्थापन भइरहेको भन्दै उहाँले पानी र सरसफाइको व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरेको पनि बताउनुभयो ।

देशमा राजनीतिक संकट गहिरिँदै गएको बेला मन्त्री थापाले कागागारको भ्रमण गर्नु र सरकारद्वारा प्रतिबन्धित राजनीतिक पार्टी नेकपा विप्लव समूहका नेतासँगको भेटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । सरकार विप्लव समूहसँगको वार्तालाई अघि बढाएर शान्तिपूर्ण राजनीतिमा ल्याउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४