Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानमारमा भएको सैनिक ‘कू’ प्रति कांग्रेसको विरोध, विश्वव्यापी निन्दा गर्नुपर्ने भनाइ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १९ २०७७
  • 4.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रूपमा ऐक्यबद्ध भइ निन्दा गर्नुपर्ने बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्ष संकटकाल घोषणा गरेको विषयलाई विश्वव्यापी रूपमा निन्दा गनुपर्ने बताउनुभएको हो । प्रजातन्त्र निलम्बित भएको यस घटनालाई विश्वले साझा ऐक्यबद्धताका साथ प्रश्न उठाउनुपर्ने बेला आएको उहाँको भनाइ छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा आङ सान सु कीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले बहमुत प्राप्त गरेको भए पनि चुनावमा धाँधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो । यसै टकरावकाबीच सेनाले सत्ता हत्याएको हो ।

कांग्रेस प्रवक्ता शर्माले निर्वाचनमा प्रश्न उठे त्यसलाई निश्चित विधि र प्रक्रियाले निरूपण गरी संवैधानिक र राजनीतिक प्रक्रियाद्वारा हल गर्न सकिने विषय भएको बताउनुभयो । सेनाले हस्तक्षेप गरी लोकतन्त्र निलम्बन गर्नु र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्नु स्वीकार्य हुन नसक्ने प्रतिक्रिया दिनुभयो ।

प्रवक्ता शर्माले म्यानमारको घटनामा नेपाली कांग्रेसको प्रष्ट विमति रहेको बताउनुभयो । कांग्रेसले सबैखाले प्रतिगमनको विरोध गर्ने उहाँको भनाइ छ ।

सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग फर टेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४