Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लागुऔषध तस्करलाई मृत्युदण्ड दिनुपर्छः ट्रम्प


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ६ २०७४
  • 4.9K
    SHARES

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा पेनकिलर अर्थात् दुखाइ कम गर्ने औषधिहरूको दुर्व्यसनसम्बन्धी समस्यासँग जुझ्ने आफ्नो योजना अन्तर्गत लागुऔषध तस्करहरूलाई मृत्युदण्ड दिइनुपर्ने बताएका छन्।

ओपिओइड भनिने एक प्रकारको नशालु पदार्थसम्बन्धी समस्याबाट नराम्ररी प्रभावित राज्य न्यू ह्याम्पशायरमा एउटा भाषण दिने क्रममा ट्रम्पले आफ्ना योजनाबारे उल्लेख गरेका हुन्।

लागुऔषध तस्करहरूलाई मृत्युदण्ड दिने व्यवस्थाका लागि कानूनमा परिवर्तन ल्याउन आफ्नो प्रशासनले प्रयत्न गरिरहेको उनले बताए।

तर आफूहरूले अझै कडा राजनीतिक र न्यायिक प्रतिरोधको सामना गर्नुपर्ने ट्रम्पको भनाइ छ।

विरोध
तर ट्रम्पको प्रस्तावप्रति अमेरिकी कंग्रेसका थुप्रै सदस्यहरूले विरोध जनाउँदै आएका छन्।

औषधि निर्माण कम्पनीहरूलाई जवाफदेही बनाइनुपर्नेमा जोड दिँदै राष्ट्रपति ट्रम्पले दुखाइ कम गर्ने औषधि धेरै कडा बनाउन नहुने बताए।

उनले ओपिओइड भनिने एक प्रकारको नशालु पदार्थसँग सम्बन्धित संकटसँग जुझ्नका निम्ति ६ अर्ब डलर खर्च गर्न चाहेको बताए।

करिब २४ लाख अमेरिकीहरू लागुऔषधको दुर्व्यसनी रहेको अनुमान छ।

कडाइ
स्वास्थ्य अधिकारीहरूका अनुसार त्यससम्बन्धी संकटका कारण सन् २०१६ मा अमेरिकाभरि करिब ६३ हजार ६ सय जनाको ज्यान गएको थियो।

न्यू ह्याम्पशायरको म्यानचेष्टरमा राष्ट्रपति ट्रम्पले सोमवार आफ्ना योजना सुनाउँदा भीडले खुशी व्यक्त गरेको थियो।

उनले भने, “यदि लागुऔषध विक्री गर्नेहरूमाथि हामीले कडाइ गरेनौँ भने समय खेर फालिरहेको हुनेछौँ। र, त्यो कडाइ अन्तर्गत मृत्युदण्ड पर्छ।”

यसै महिनाको शुरूतिर पेन्सिलभानियामा एउटा र्‍यालीलाई सम्बन्धोन गर्दै ट्रम्पले लागुऔषध तस्करहरूलाई ‘हदैसम्मको सजाय’ दिइनुपर्ने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४