Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लडाकू विमानको इन्जिन जाेडिएकाे विश्वको सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 2.6K
    SHARES

एजेन्सी । जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीको लागि राखिएको छ ।

ब्लडहाउस सुपरसोनिक नामक कारले जमिनका सबैभन्दा तीव्र गतिमा कुद्ने सवारीको रेकर्ड तोडेको छ । २०१९ मा यो कार १ हजार १० किलोमिटर प्रतिघण्टाको गतिमा कुदेको थियो । कार निर्माता इयान वारहस्र्टले अब यो कारलाई बेच्न चाहेका छन् ।

२०१९ मा कालाहारी मरुभूमिमा ब्लडहाउड सुपरसोनिक कारले सबैभन्दा तीव्र गतिमा कुद्ने कारको रेकर्ड बनाएको थियो । अब यसको स्पिड बढाएर १ हजार २ सय ८८ प्रतिघण्टाको दरमा लैजान सकिने निर्माता वारहस्र्टब बताउँछन् । तर, उनी यो कार बेच्न चाहन्छन् ।

बीबीसीसँगको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अब म यो प्रोजेक्टमा पैसा र समय लगाउन मन छैन । मैले धेरै कुरा हात पारिसकेँ । अब अरु कसैले यो कारलाई बनाउनेछ । मैले १२ सय ८८ किलोमिटर प्रतिघण्टाको रेकर्ड तोड्न सकिन अब अरु कसैले तोड्नेछ ।’

विश्व इतिहासमा अहिलेसम्म जम्मा सातवटा कारले मात्र ९ सय ६५ किलोमिटर प्रतिघण्टाको गतिसम्म पुगेका छन् । तर ब्लडहाउस सुपरसोनिक कारले यसको रेकर्ड तोड्दै १ हजार १० किलोमिटर प्रतिघण्टाको दरले कुदेको थियो । सुपरसोनिक कारमा अहिले लडाकू विमानको इन्जिन जडान गरिएको छ । कार बेच्न चाहेको बताए पनि वारहस्र्टले यसको मूल्य भने खुलाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४