६ चेकबुक एकाउन्ट स्टेटमेन्ट
७ क्रेडिट कार्ड
८ मेरो शेयर
९ एबीबीएस फ्यासिलिटी
यी सुविधा बाहेक व्यवसाय गर्न चाहना राख्ने ग्राहकको लागि पनि छुट्टै व्यवस्था गरेको छ । नयाँ व्यवसाय सुरु गर्नेका लागि भन्दै बैंकले एसएमइ लोनका व्यवस्था गरेको छ । पाँच कार्यदिनमा स्वीकृत हुने गरी ल्याएको यस सेवाबाट ५ लाखदेखि १ करोड ५० लाखसम्मको कर्जा लिन सकिनेछ । बालबालिकाको सुनिश्चि र उज्ज्वल भविष्यका लागि बालबालिका बचत खातासमेत सञ्चालनमा छ ।
यस्तै, भविष्यमा उच्च शिक्षा तथा सामाजिक दायित्व निर्वाह गर्नका लागि बैंकले युवा बचत खाताको व्यवस्था गरेको छ । जसबाट युवाहरुले सुरक्षित रुपमा बचत गर्न सक्नेछन् । आत्मनिर्भर महिलाका लागि पनि बैंकले पेवा बचत खाताको सेवा प्रदान गरेको छ । जसमा महिलाहरुले पेवा रकम सुरक्षित गर्न सक्छन् ।
बैंकले विदेशको कमाई संसारको कुनै पनि कुनाबाट सजिलै र सुरक्षित तरिकाले स्वदेश पठाउने, जम्मा हुने र उच्चतम ब्याज पाइने व्यवस्था गरेको छ । यस सुविधामा विदेशमा रहेका नेपालीले स्वदेशमा रहेको आफ्नो खातामा सिधै रकम जम्मा गर्न सक्नुका साथै विदेशबाट पनि खाता खोल्न सकिन्छ ।
‘सम्मान बचत खाता’मा ५० वर्षभन्दा माथिका नेपाली नागरिकले सुरक्षित तथा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्छन् । माछापुच्छ्रे बैंकले जीवनभरको मान–मर्यदाको सम्मान गर्दै यस्तो सुविधा ल्याएको हो । यसबाहेक बैंकले अटोलोन, हाउसलोन, बिमालगायतका सेवाहरु पनि प्रदान गर्दै आएको अनिल सिवाकोटीले बताए ।
खाता खाेल्न सम्पर्क नम्बर र स्थान ।
Kathmandu
Tel: +977 -1-4428556
Fax: +977-1-4425356
SWIFT:MBLNNPKA
Email: machbank@mbl.com.np
नजिककाे शाखामा सम्पर्कका लागि याे लिंकमा सम्पर्क गर्नुहाेस् । माछापुच्छ्रे बैंकका अाउटलेटहरु
प्रस्तुति – नेत्र