Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धेरै खुसी छौं: हाम्रो सपना पूरा भएको छ ,पारस खड्का


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २ २०७४
  • 3.2K
    SHARES

जिम्बाब्बे । ‘बेचैन !’ पारस खड्काले सन्देश पठाए, ‘सबै रिफ्रेस गरिरहेका छन् ।’

नेपाली टोली ३.२५ बजे हरारेस्थित होटल पुगेको थियो । टोलीका हरेक सदस्य ल्यापटप, मोबाइलमा थिए र उनीहरुले झण्डै २०० किलोमिटर टाढा भइरहेको खेलको अपेडेट लिइरहेका थिए ।

केही घन्टा अघि मात्र नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको थियो र आफ्नो ‘भाग्य’ जान्न आतुर थियो ।

यदि हङकङले १७५ रन बनाएको भए एकदिवसीय मान्यता पाउन नेपालले आइतबार अर्को खेल जित्नु पर्थ्यो । तर, नेदरल्याण्ड्सले जित्दा नेपाललाई खुसी मिल्यो ।

किनकी दुबै टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाए । नेदरल्याण्ड्सले विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेर डिसेम्बरमै वन-डे स्टाटस पाएको थियो भने नेपालले विश्वकप छनोटमा हङकङ र पुपवा न्यूगिनीमाथि माथि रहेर ।

अघिल्लो महिना नामिबियामा करण केसी र सन्दिप लामिछानेको अन्तिम विकेटका लागि ५१ रनको उत्कृष्ट साझेदारी गर्दै क्यानडालाई हराएर नेपालले विश्वकप छनोटमा स्थान बनाएको थियो ।

बिहीबार नेपाली टोली होटलमा पुग्दा हङकङले ३ विकेट गुमाएर ८० रन बनाएको थियो र १७५ रनको लक्ष्य थियो । तर, त्यसपछि पाँच, छ र लक्की नम्बर ७ (बाबर हायात) पनि गुमायो ।

हङकङका लागि ओडीआई स्टटसको सम्भावना कायम राख्न कप्तान बाबर अन्तिम आश थिए । तर, ५२ रन बनाएर उनी आउट भए, जतिबेला टिमलाई अझै ५५ रन चाहिएको थियो ।

‘हामी सबै आ आफ्नो कोठामा बसेर इन्टरनेटमा थियौं’ पारसले भने, ‘हामी बाबर आउट हुने प्रतिक्षामा थियौं । किनकी हामीलाई थाहा थियो कि बाबर रहँदासम्म हङकङको सम्भावना रहन्छ ।’

अन्ततः हङकङ १३० मा अलआउट भयो र नेपालले २०२२ सम्मका लागि ओडीआई स्टाटस पक्का गर्‍यो ।

कप्तान पारस खड्काले टिममेट बसन्त रेग्मीसँगै कोठामा थिए । टिम म्यानेजर रमण शिवाकोटीको कोठातिर दौडिनु अघि पारसले बसन्तलाई अंकमाल गर्दै ऐतिहासिक सफलताको खुसी साटे । ‘सपना पुरा भएको छ र हामी धेरै धेरै खुसी छौं’ पारसले भनेका छन्, ‘शायद हाम्रो क्रिकेटको इतिहासमा यो सबैभन्दा महत्वपूर्ण दिन हो ।’

समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएपनि नेपाल सुपर सिक्समा पुग्न सकेन । तर, त्यसले एकदिवसीय मान्यता पाउने सम्भावना कायमै राखेको थियो, जुन बिहीबार पुरा भयो ।

विश्वकपमा पुग्न नसकेपनि एकदिवसीय मान्यता पाउने महत्वपूर्ण भएको पारस बताउँछन् । ‘यसले चार वर्षका लागि स्थिरता ल्याउँछ । धेरै भन्दा धेरै क्रिकेट, विकासका लागि बजेट’ उनले भने ।

नेपालले नोभेम्बर २०१३ मा टी-२० विश्वकपमा स्थान बनाएसँगै टी-२० स्टाटस पाएको थियो । बंगलादेशमा भएको प्रतियोगितामा नेपालले अफगानिस्तानलाई हरायो भने बंगलादेशलाई राम्रै चुनौती दिएको थियो । तर, २०१५ मा आयरल्याण्डमा भएको टी-२० छनोटमा खराब प्रदर्शन गरेपछि टी-२० स्टाटस गुमायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४