Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमतीको लगातार तेस्रो जित, पृथुको अर्धशतक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । प्रदेश २ लाई ६ विकेटले पराजित गर्दै बागमती प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ ।

प्रदेश २ ले दिएको १ सय ८० रनको लक्ष्य ४ विकेट गुमाएर १० बल बाँकी छँदै पूरा गरेर बागमतीले लगातार तेस्रो जित निकालेको हो ।

बागमतीको जितमा पृथु बास्कोटाले अर्धशतकीय पारी खेले । उनले ७५ बलमा अविजित रहदै ५३ रन बनाए । पृथुको यो लगातार दोस्रो अर्धशतक हो ।

यस्तै बिभत्सु थापाले ४७ रन जोड्दा आकाश थापाले ३२ रन बनाए । इशान पाण्डे १५ रन बनाउदा आदील खान ५ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा अविजित रहे ।

बलिङतर्फ प्रदेश–२ का हरिशंकर शाहले २ विकेट लिए । विशाल सुसलिङ र कुमार थापाले १–१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४८ ओभर २ बलमा अलआउट हुँदै १ सय ७९ बनाएको थियो । उसका लागि विवेक यादवले ६६ अर्धशतकीय पारी खेले ।

यस्तै कुमार थापाले २२ रन जोड्दा राहुल प्रताप सिंहले १८ रन बनाए । सुधिर चौधरीले १५ र कप्तान सुरज कुर्मीले १३ रनमा आउट भए ।

प्रदेश–२ लाई सस्तैमा समेट्न बागमतीका गौतम केसीले ४ विकेट लिए । उनले मात्र २९ रन खर्चिए । रामनरेश गिरीले २ तथा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १–१ विकेट लिए । जितसँगै बागमतीले ३ खेलमा ६ अंक जोड्दै समूह बी मा अंकतालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४