Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीले नव फाँसिवादको अभ्यास गरिरहेको बाबुराम भट्टराईको आक्षेप


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 4K
    SHARES

काठमाडौं/ पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फ लागेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा भट्टराईले ओलीले नवफाँसीवादको अभ्यास गरिरहेको आक्षेप पनि लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई धम्क्याइरहेको र अदालतसमेत परीक्षाको घडीमा रहेको नेता भट्टराईको भनाइ थियो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संविधान बचाउने आन्दोलनको नेतृत्व लिन नेपाली कांग्रेसलाई आह्वान गर्नुभयो ।

आन्दोलन वा निर्वाचन भन्नेमा कांग्रेस नअलमलियोस् भन्दै उहाँले निर्वाचन नभई संसद पुनःस्थापना भए पनि कांग्रेसले नै नेतृत्वको अवसर पाउने बताउनुभयो ।

संसद विघटन संविधानमाथिकै प्रहार भएको भन्दै उहाँले संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुप¥यो भन्नुभयो ।

एक महिनाअघि पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि मुलुक राजनीतिक रुपमा विभाजित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४