Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वर्षमा तीन तहका सरकारको बजेट १९ खर्बको, खर्च १२ खर्ब मात्रै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २९ २०७७
  • 4.4K
    SHARES

काठमाडौं । ठूलो आकारको बजेट बनाएर कार्यान्वयन नगर्ने परिपाटी संघीय सरकारको पुरानै रोग हो । यसमा अब प्रदेश र स्थानीय सरकार समेत जोडिएका छन् ।

तीन वटै तहका सरकारको एकीकृत तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा  नेपालमा १९ खर्ब रुपैयाँ बराबरको बजेट बनेको थियो । तर, खर्च भने करीव १२ खर्ब मात्र भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले तीन वटै सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तयार गरि अर्थ मन्त्रालय र महालेखा परीक्षक कार्यालयलाई बुझाएको छ ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार आर्थिक वर्षमा उक्त आवमा तीन वटै तहका सरकारको कुल बजेट (दोहोरो परेको रकम हटाएपछि) १८ खर्ब ९० अर्ब १ करोड रुपैयाँ रहेको थियो ।

तीन तहका सरकारमध्ये संघीय सरकारले एक वर्षमा १० खर्ब ९१ अर्ब १३ करोड खर्च गरेको छ । प्रदेश सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

स्थानीय सरकारले भने ३ खर्ब २० अर्ब ५ करोड रहेको छ । प्रवक्ता खड्का अनुसार यसरी तीन वटा सरकारबाट भएका खर्चबाट दोहोरिएको रकम मिलाउँदा तीन वटै तहका सरकारबाट भएको यथार्थ खर्च ११ खर्ब ९१ अर्ब ५ करोड देखिएको हो ।

सरकारले सबै तहका सरकारको लेखालाई दुरुस्त राख्न निर्माण गरेको प्रणाली सुत्रलाई आव २०७६/७७ को लेखा राख्ने क्रममा सबै स्थानीय तहमा कार्यान्वयनमा ल्याएको छ ।

प्रवक्ता खड्काका अनुसार स्थानीय तहको वित्तीय प्रतिवेदन पहिलो पटक सुत्र प्रणालीबाट तयार भएको हो । जसमा आय र व्ययको एकीकृत विवरण राखिएको छ ।

आन्तरिक आय १० खर्ब ४७ अर्ब मात्र

तथ्याङ्कअनुसार एक वर्षमा तीन वटै तहका सरकारको कुल आन्तरिक आय १० खर्ब ४७ अर्ब रहेको छ । यो आन्तरिक ऋण तथा बाहृय सहयोग बाहेकको रकम हो । गत आर्थिक वर्षमा सरकारले आन्तरिक ऋण भने १ खर्ब ९४ अर्ब ९० लाख उठाएको छ ।

वैदेशिक ऋण भने १ खर्ब १६ अर्ब ४८ करोड प्राप्ती भएको छ । यो वर्ष सरकारले वैदेशिक अनुदानका रुपमा १८ अर्ब ८८ करोड ५७ लाख रुपैयाँ प्राप्त गरेको छ ।

सरकारले एक वर्षको अवधिमा ८ खर्ब ४१ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।

संघीय सरकारले गरेको खर्च र राजस्व प्राप्ति सुरु अनुमानको तुलनामा क्रमशः ७५.६६ र ७१.१८ प्रतिशत कायम भएको महालेखाको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४