Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोशनी केसीद्वारा निर्देशित चर्चित कलाकार समावेश ‘त्यही सच्चा नेपाली’ सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 6.6K
    SHARES

काठमाडौं,/  गायिका देविका बन्दना तथा गायक राजन ईशानको स्वरम रेकर्ड भएको एउटा यूगल राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आनन्द अधिकारीको शब्द तथा राजन ईशानको संगीत निर्देशनको ‘त्यही सच्चा नेपाली’ शीर्षकको गीतको भिडियषे सार्वजनि भएको हो ।

भिडियोमा वरिष्ठ अभिनेता नीर शाहदेखि संस्कृतिविद् सत्यमोहन जोशीसम्मले अभिनय गरेका छन् ।

अभिनेत्री तथा निर्मात्रीको रुपमा सक्रिय म्युजिक भिडियोकी निर्देशक रोशनी केसीको निर्देशनमा बनरेको उक्त भिडियोमा ३० जनाभन्दा बढी लोकप्रिय कलाकारहरुले अभिनय गरेका छन् ।

‘एउटै भिडियोमा यति धेरै लोकप्रिय अनुहारहरुले अभिनय गरेको यो पहिलो पटक हुनुपर्छ, निर्देशक केसीले कलाकर्मीसंग भनेकी छिन्( ‘चार दिन लगाएर यो भिडियोको छायांकन सम्पन्न गरिएको छ । भिडियोको छायांकनका लागि विभिन्न लोकेशनहरु प्रयोग गरिएको छ ।’

रामशरण उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई अर्जुन जिसीले सम्पादन गरिरहेका छन् भने रेनिश फागोले यसमा कलर करेक्सन गरेका छन् ।

भिडियोमा सत्यमोहन जोशी, नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दिलिप रायमाझी, देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल आदि कलाकारहरुका साथमा गायिका देविका बन्दनाले समेत अभिनय गरेकी छन् ।

भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ भने चिज कुमार श्रेष्ठको प्रस्तुतिमा यो भिडियो तयार भएको हो ।

https://mail.google.com/mail/u/0/#inbox/FMfcgxwKkRJSVLzMhHGKpTCVTgHqPzFC?projector=1

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४