Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेजनले पहिलोपटक किन्यो आफ्नै हवाई जहाज


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २५ २०७७
  • 12.3K
    SHARES

काठमाडौं । ई–कमर्श कम्पनी अमेजनले सामान ढुवानीका लागि पहिलो पटक एकसाथ ११ वटा जहाज खरीद गरेको छ । बढ्दो हवाई कार्गोको सञ्जाललाई विस्तार गर्नका लागि अमेजनले आफ्नै कार्गो जहाज किनेको हो ।

अमेजनले खरीद गरेका ११ वटा बोइङ ७६७–३०० जहाजले अमेजनको बढ्दो ग्राहक आधारलाई सघाउ पूराउने अपेक्षा गरिएको छ ।

अमेजनले सन् २०१६ देखि नै हवाई जहाज सञ्चालन गर्दै आएको छ, तथापि हालसम्मका सबै जहाज भाडामा लिइएका थिए ।

आफ्नै जहाज खरीदको यो कदमले अमेजनलाई लजिस्टिक क्षेत्रमा बलियो प्रतिस्पर्धीको रुपमा स्थापित गर्ने विज्ञहरुले बताएका छन् ।

जहाज खरीदका कारण अमेजनको समग्र दीर्घकालीन लागतमा कटौति हुने, सामान ढुवानीको गति, विश्वसनीयता तथा गुणस्तरमा समेत अधिकतम नियन्त्रण कायम भई अमेजनलाई हवाई कार्गोको प्रतिस्पर्धात्मक बजारमा असली खेलाडिको रुपमा ब्राण्ड स्थापित गर्न सहयोग गर्ने विश्लेषकको ठम्याइ छ । अमेजन सिइओ जेफ बेजोसले लजिस्टिकलाई गुप्त हतियारको रुपमा प्रयोग गरिरहेको कन्सल्टेन्सी कम्पनी मोल्जीका अमेजन सम्बन्धी विज्ञ गोन्जालो डी ला माटा बताउँछन् ।

सन् २०१५ देखि नै अमेजनले आफ्ना भ्यान, ट्रक तथा भाडाका जहाज मार्फत आफ्नै विश्वव्यापी लजिस्टिक नेटवर्क सञ्चालन गर्दै आएको छ । अमेजन कम्पनी आगामी केही वर्ष भित्रैमा फेडेक्स वा युपिएसभन्दा ठूलो आपूर्ति प्रणाली प्रदायक बन्ने प्रक्षेपण गरिएको छ ।

आफूसँग रहेको ग्राहकको डाटा र यसको ग्राहक केन्द्रित सेवाको स्थापित तथ्यका कारण आगामी दिनमा लजिस्टिक कम्पनीहरुको बजारमा अमेजन उच्च विश्वसनीय प्रतिस्पर्धी कम्पनी बन्नेछ ।

विश्वव्यापी लकडाउनका कारण पछिल्लो समय विश्वमा हवाईजहाजको मूल्यमा समेत गिरावट आइरहेको छ । त्यही मौका छोप्दै अमेजनले समस्याग्रस्त डेल्टा एयरलाइन्स र वेस्टजेट एयरलाइन्सबाट ११ वटा बोइङ जहाज खरीद गरेको हो ।

अमेजन ग्लोबल एयरका उपाध्यक्ष सराह रोड्स भन्छन्, ‘उपभोक्ताले अमेजनबाट गर्ने अपेक्षालाई पूरा गर्ने गरी अमेरिकाभर ग्राहक समक्ष सामान आपूर्ति गर्ने हाम्रो लक्ष्य हो र जहाज खरीद सोही लक्ष्य प्राप्तिको एउटा कदम हो ।’

भाडामा लिइएका र आफ्नै स्वामित्वका जहाजहरुको संयुक्त परिचालनले आफूहरुको कामलाई थप प्रभावकारी रुपमा व्यवस्थित गर्न सहयोग गर्ने र ग्राहकप्रतिको प्रतिज्ञा पूरा गर्न सघाउने उनको भनाइ छ ।

हाल अमेजन एयरमार्फत् अमेजनले आफ्ना कार्गोको आफै ढुवानी गर्दा त्यसले फेडेक्स तथा युपिएसको व्यवसायमा केही असर परेकै छ । तर यदि भविष्यमा अमेजनले अरुका लागि समेत कार्गो सेवा उपलब्ध गरायो भने त्यसले उनीहरुका लागि ठूलो खतरा पैदा हुनेछ ।

अमेरिकाको शिकागोस्थित डि पाउल विश्वविद्यालयको एक रिपोर्ट अनुसार सन् २०२८ सम्ममा अमेजनसँग २ सय हवाई जहाज हुनेछन् ।

सन् २०१९ मा अमेजनले उत्तर अमेरिकामा २ अर्ब ३० करोड प्याकेट सामान ढुवानी गर्यो । त्यसमध्ये अधिकांश अमेजनकै प्लाटफर्ममा खरीद गरिएका सामान हुन् । जबकी फेडेक्स र युपिएसले क्रमशः ३ अर्ब १० करोड र ४ अर्ब ७० करोड वटा प्याकेट ढुवानी गरेका छन् ।

–बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४