Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद विघटनविरुद्ध प्रचण्ड -नेपाल समूह निकट अनेरास्ववियूको सडक बहस


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २५ २०७७
  • 5.1K
    SHARES

काठमाडौं । नेकपा (प्रचण्ड -नेपाल समूह) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शनिबार राजधानीमा सडक बहस कार्यक्रम आयोजना गरेको छ । दोस्रो चरणको आन्दोलन अन्तर्गत अनेरास्ववियूले शनिबार सडक बहस कार्यक्रम सन्चालन गरेको हो।

काठमाडौंको प्रदर्शनीमार्गमा सन्चालित खुल्ला सडक बहसमा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले ओली सरकार संविधानको धारा ७६ (२) अन्तर्गत बनेकाले उनले कुनै हालतमा प्रतिनिधि सभा विघटन गर्न नसक्ने बताए । श्रेष्ठले ओली सरकार दुई वा सो भन्दा बढी दल मिलेर बनेको हुनाले त्यस्तो प्रधानमन्त्रीले एक्लै संसद विघटन गर्न नसक्ने ठोकुवा गरे।

सडक बहसमा संविधानविद प्रा.डा. चन्द्रकान्त ज्ञवालीले ओलीको कदम जुनसुकै दृष्टिकोणबाट पनि असंवैधानिक रहेको जिकिर गरे । ज्ञवालीले वर्तमान संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको कुनै अधिकार नभएको उनले दावी गरे ।

नेपाल वार एसोसिएसनका पूर्वउपाध्यक्ष गोविन्द वन्दीले सर्वोच्चले प्रतिनिधि सभा पुन: स्थापना गर्ने विश्वास ब्यक्त गर्दै फेरि फेरि त्यस्तो असंवैधानिक कदम नचालियोस् भन्नका लागि आन्दोलन जारी राख्नुपर्ने बताए।

कार्यक्रममा नेकपाकी युवा नेतृ रचना खड्काले प्रधानमन्त्री ओलीको कदम राजनीतिक र संवैधानिक दुवै दृष्टिले घातक रहेको जिकिर गरिन् ।

नेकपा अर्का युवा नेता रमेश मल्लले ओलीको कदमले परिवर्तनका उपलब्धि संकटमा पर्न सक्ने बताए ।

खुल्ला सडक बहस कार्यक्रममा बोल्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले संविधान अनुसार प्रतिनिधि सभा विघटन हुनै नसक्ने भन्दै अवरुद्घ संसद तत्काल शुरु गर्न माग गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४