Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदेश जान नक्कली पीसीआर रिपोर्ट : कीर्ते गर्नेलाई खोज्दै प्रहरी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २० २०७७
  • 7.2K
    SHARES

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेका ७ जनाले कहाँबाट कीर्ते कागजपत्र तयार पारे भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शंकास्पद रिपोर्टसहित नियन्त्रणमा लिएका ७ जनामाथि महानगरीय प्रहरी वृत्त, गौशालाले अनुसन्धान जारी राखेको हो ।

गौशाला प्रहरीका डीएसपी जितेन्द्रबहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिले ह्याम्स अस्पताल र सेन्टर डायगोनस्टिक प्रयोगशालाको नक्कली पीसीआर रिपोर्ट बोकेका थिए ।

‘हालसम्मको अनुसन्धानले नक्कली रिपोर्ट बनाउने कार्यमा अस्पताल वा प्रयोगशालाको संलग्नता देखाएको छैन,’ बस्नेतले भने, ‘कुनै साइबर वा अन्य ठाउँमा फोटोसपबाट एडिट गरेर नाम फेरेको हुनसक्ने देखिएको छ, विस्तृत अनुसन्धान भइरहेको छ ।’

विमानस्थल सुरक्षाका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार विभिन्न देश जान लागेका व्यक्तिको शंकास्पद रिपोर्ट देखिएपछि छानबिन थालिएको थियो । ‘रिपोर्टमा भएको सिरियल नम्बर अनुसार अस्पताल र प्रयोगशालामा सोध्दा त्यो अर्कै व्यक्तिको नामको रिपोर्ट भएको पाइयो’, बाँस्तोलाले अनलाइनखबरसँग भने ।

रिपोर्ट नक्कली भएको पुष्टि भएपछि प्रहरीले सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महतो, छेदी महतो, सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङलाई पक्राउ गरेको थियो ।

थप अनुसन्धान गौशाला प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४