Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युएइमा नयाँ कानून, दुईवटी बिहे गर्नेलाई आवास भत्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २५ २०७४
  • 4.7K
    SHARES

संयुक्त अरब इमिरेट अर्थात् युएइमा एक अनौठो कानून लागू भएको छ । जस अन्तर्गत दुईवटा पत्नी बिहे गर्ने पुरुषलाई सरकारले विभिन्न खाले सुविधाहरु प्रदान गर्नेछ । दुई श्रीमती हुने पुरुषले सरकारबाट अतिरिक्त घरभाडा भत्ता पाउनेछन् ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यो स्किम जारी गरेको हो । युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यस्तो घोषणा गरे । उनका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता दिइनेछ ।

वास्तवमा यो दोश्री पत्नीलाई प्रदान गरिने भत्ता हुनेछ । एकपत्नी वाला परिवारले पहिले पाइराखेको आवास भत्ताको अतिरिक्त रकम हुनेछ त्यो ।

मन्त्रीका अनुसार आवास भत्ताका कारण पुरुषहरु दोश्रो बिहेका लागि प्रोत्साहित हुनेछन् र देशमा अविवाहित महिलाको संख्या घट्नेछ । अनि विवाहित पुरुषसँग बिहे गरेर दोश्री बनेर जाने महिलाले पनि पहिलो श्रीमतीले झैँ आवास र अन्य सुविधा प्राप्त गर्नेछिन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४