अमरवाणी संवाददाता/काठमाडौँ । नेपाली भाषाका वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ । राईको दार्जिलिङको लोचनगरस्थित निवासमा मंगलबार साँझ साढे ६ बजे ९० वर्षको उमेरमा निधन भएको दार्जिलिङका कवि मोहन ठकुरीले जानकारी दिए ।
साहित्यकार राईको जन्म १९८४ सालमा दार्जिलिङमा भएको थियो । उनी नेपाली मूलका दार्जिलिङ निवासी भारतीय–नेपाली साहित्यकार हुन् ।
उनले नेपाली साहित्य र भाषाको श्री बृद्धिमा दिएको योगदान अविस्मरणीय छ । यसको उच्च मूल्याङ्कन स्वरूप उनलाई विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित गरिएको छ