Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठ तस्करीको अभियोग झेलेका नेतालाई वन मन्त्रालयको चाबी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १३ २०७७
  • 2.1K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले १० पुसमा मन्त्रिपरिषद् विस्तार गरे ।

शक्ति बस्नेतले राजीनामा दिएपछि रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा प्रेम आलेलाई ल्याइएको छ । डोटीबाट सांसद बनेका नवनियुक्त वनमन्त्रीको विगत भने धुमील छ ।

वन तथा वातावरण संरक्षणको जिम्मेवारी पाएका आलेलाई कुनै बेला वन विनाशको अभियोग लागेको थियो ।

डोटी जिल्ला साविक छतिवन गाविस–९ मा स्थायी घर भएका उनले सोही गाविसको वडा नम्बर ८ र ५ मा सल्लाको रुख काटेको मुद्दा अदालतमा पुगेको थियो । १० वैशाख २०५५ मा हालका मन्त्री  आलेले साविक छतिवन–८ घर भएका राधेश्याम बडायरसँग मिलेर काठ तस्करी गरेको अभियोग पत्रमा उल्लेख छ ।

११ हजार क्यूफिट सल्ला तस्करी

मगर र बडायरले ११ हजार २३२.८४ क्यूफिट सल्ला काटेको अभियोग पत्रमा उल्लेख छ । वनरक्षक प्रेमबहादुर खड्काले उनीहरूलाई ८ लाख ९९ हजार रुपैयाँ जरिवाना माग गरेर मुद्दा दर्ता गरेका थिए ।

‘०५५ वैशाख १० गतेका दिन वन जंगल गस्ती गरि आउँदा छतिवन गाविस वडा नम्बर ८ बस्ने राधेश्याम बडायर र सोही गाविसको वडा नम्बर ९ बस्ने प्रेमबहादुर आले समेतले मिलमतो गरी छतिवन गाविस ८ र ५ को वन जंगलमा सल्लाको रुखहरू काटी टुक्राहरू बनाई राखेको पत्ता लागेको र काट्ने मानिस फेला नपरेकाले निजहरूलाई यसै रेन्जपोष्टबाट झिकाई घटनास्थल निरीक्षण गरी कारवाही गरिपाउँ’ वनरक्षक खड्को प्रतिवेदनमा भनिएको छ ।

बडायर पक्राउ परे पनि राजनीतिक संरक्षण पाएका आले फुक्काफाल रहे । १४ वैशाख २०५७ मा दुबै अभियुक्तले जिल्ला अदालतबाट सफाइ पाएका थिए ।

रोचक के छ भने प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी स्थलगत अध्ययन गर्न गठन गरेको उपसमितिमा पनि मगर नै सदस्य थिए ।

प्रदीप यादवको संयोजकत्वमा गठित समितिमा उनलाई सदस्य राखिएको थियो । आलेले भने आफूलाई रिसइबीका कारण वन मुद्दामा फसाएको दाबी गरेका छन् ।

संसद सचिवालयका एक अधिकारी भने काठ तस्करीका अभियुक्तलाई नै मन्त्री बनाउनु संयोग मात्रै नभएको बताउँछन् । उनी भन्छन्, ‘भक्षकलाई नै रक्षक बनाएर कसरी होला, हरियो वन, नेपालको धन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४