Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कूटनीतिक लज्जा त्याग्दै नेकपा विवाद मिलाउन लाग्यो चिनियाँ टोली, दुबै समूहका नेतासँग अलग अलग भलाकुसारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १३ २०७७
  • 2.3K
    SHARES

काठमाडौं, पुस १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), विभाजनको औपचारिक प्रमाण पत्र कुरिरहेका बेला झण्डै छापामार शैलीमा काठमाडौं ओर्लिएको उत्तरी छिमेकी चीनका नेताको दौडाहा तीब्र बनेको छ ।

परराष्ट्र मन्त्रालय र नेपाल सरकारको औपचारिक सुरक्षा च्यानललाई समेत थाहा नदिई भइरहेको चिनियाँ नेताको यस भ्रमण मूख्य गरी नेकपा विभाजन रोक्नसँग सम्बन्धित रहेको देखिएको छ।

आइतबार बेइजिङबाट काठमाडौं ओर्लनेबित्तिकै राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेको चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) का अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डलले साँझ प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो ।

नेकपा विभाजनमा एक पक्षका रुपमा देखिनुभएका प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कुरा सुनेपछि सोमबार विहानैदेखि नेता गुओले नेकपाका अर्का पक्षका नेताहरुसँग भेटवार्ता गर्नुभएको छ ।

सामेबार विहान नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट गर्न चिकपा नेता गुओ दाहाल निवास खुमलटार नै पुगेको हो ।

दुई नेताबीच नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

दाहालको कुरा सुनेपछि गुऔं नेतृत्वको टोलीले दाहाल–नेपाल समूहका नवनियुक्त अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेको छ ।

चिनियाँ टोलीले पूर्वमाओवादी नेता एवं पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही नेतालाई पनि भेट्ने कार्यक्रम छ ।

नेपालका राजनीतिक दलहरुको शैलीका कारण विभिन्न समयमा चीन र भारतबाट हुने यस्ता भ्रमणहरु विवादित बन्ने गरेका छन् ।

देशको मात्र नभई दलको आन्तरिक मामिलामा समेत दुबै देशका कूटनीतिक तहका कर्मचारीबाटै हस्तक्षेप हुने गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नु पूर्व भारतीय कूटनीतिक तहका कर्मचारी र सत्तारुढ भारतीय जनता पार्टीको नेताको भ्रमण भएको थियो ।

विभाजनको औपचारिक प्रमाणपत्र पाउनु अगाडी चिनियाँ नेताहरुको दौडाहा चलेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४