Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड-नेपाल पक्षको व्यंग्य – केपी ओलीको चुनाव चिह्न बयलगाडा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १३ २०७७
  • 6K
    SHARES

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली समूहको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्न भन्दै व्यंग्य गरेका छन् ।

कर्णाली  प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार बिहान पत्रकार सम्मेलन बोल्दै प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य बिष्णु रिजाल र निरज आचार्यले प्रधानमन्त्री ओली समूहप्रति यस्तो व्यङ्ग्य गरेका हुन् ।

केन्द्रीय सदस्य आचार्यले आधिकारिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको भएको दाबी गर्दै अब केपी ओलीको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट हुने भन्दै व्यंग्य गरे ।

‘साथीहरुलाई सूर्य चिह्न र पार्टी कार्यालयमा आँखा नलगाउँन आग्रह गर्छु, यी दुवै हाम्रा हुन,’ आचार्यले भने, ‘उहाँहरुलाई सुझाव छ । चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्नुस ।’

उनले सबै कमिटीमा बहुमत रहेकाले आफूहरु नै आधिकारिक पार्टी हुने दाबी गरे ।

त्यस्तै अर्का केन्द्रीय सदस्य रिजालले प्रधानमन्त्री ओली प्रतिगमनको मतियार भएको आरोप लगाए । संसदमा बहुमत प्राप्त प्रधानमन्त्रीले एकलौटीरुपमा संसद विघटन गरेर प्रतिगमनतर्फ गएको उनको आरोप छ ।

चिनियाँ टोली नेपाल आएको प्रसंगबारे चीनले नेकपा एकीकृत रहोस भन्ने चाहेको बताए । चीनले नेपालको राजनीतिमा खेलेको नभइ यस्लाई छिमेकीको सद्भावका रुपमा लिनुपर्ने बताए ।

‘यो बीचमा दक्षिणतिरको केही दृश्य र अदृश्य भेटघाट भएको छ । त्यसले हाम्रो अन्तरपार्टी संघर्षलाई बढावा दिएको त होइन ? जस्लाई हाम्रो संसद मन परेको पनि थिएन्,’ केन्द्रीय सदस्य रिजालले भने ।

केपी ओलीले मध्यावधि चुनाव गर्नका लागि पार्टी नफुटाएको भन्दै रिमालले संघीयता खारेज गर्ने डिजाइन गरेको बताए । ‘पार्टी फुटाएर, एउटा गुटबाट चुनाव लडेर बहुमत प्राप्त हुन्छ भन्ने भ्रममा केपी ओली स्वयम हुनुुहुन्न,’ रिजालले भने, ‘यो संघीयता खारेज गर्ने षडयन्त्र हो ।’

ओलीले कम्युनिस्ट आन्दोलन र संघीयता नै सखाब पार्न लागेको उनको आरोप छ । रिजाल र आचार्य मंगलबार हुने आन्दोलनको तयारीका लागि सुर्खेत पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४