Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपाध्यक्षसरहका दाहालले मलाई कार्वाही गर्ने ? प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ६ २०७७
  • 6K
    SHARES

काठमाडौं, /  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल समूहले आफूलाई कार्वाही गर्ने कुनै अधिकार नभएको जिकीर गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकटका सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष, संसदीय दलको नेता सबै आफू भएकाले कसैले कार्वाही गर्न नसक्ने दाबी गर्नुभएको हो ।

उहाँले पार्टी एकताका समयमा चित्त नदुखाउन् भनेर दोस्रो अध्यक्ष राखिदिएकाले दाहालको नेतृत्वमा हुने भेलाले आफूलाई कार्वाही गर्नै नसक्ने जिकीर गर्नुभयो ।

उहाँले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको पनि पार्टीभित्र घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिएपछि बाध्य भएर नयाँ जनादेशको निर्णय लिएको बताउनुभयो ।

दाहालको चर्को आलोचना गर्नुभएका ओलीले आफूले गरेको संसद विघटन अदालतले पनि उल्ट्याउन नसक्ने दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीको तर्क थियो, ‘संसदको जनादेश भएको प्रधानमन्त्रीले संसद विघटन सिफारिश गरेको हो । ६४ प्रतिशत मतको प्रतिनिधत्व गर्ने प्रधानमन्त्रीले संसद विघटन सिफारिश गरेको हो । अदालतले उल्ट्याउन सक्दैन । ’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४