Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद विघटनको कम्प जंगीअड्डामा पनि, सुरक्षामा पर्ने प्रभावबारे छलफल !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ५ २०७७
  • 6.1K
    SHARES

काठमाडौं । नेपाली सेनाको जंगीअड्डामा आइतबार प्रिन्सिपल स्टाफ अफिसर्स (पीएसओज्) को बैठक चलिरहेको थियो । जंगीअड्डाका सबै विभागीय प्रमुख र अन्य जर्नेलहरू सहभागी बैठकका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको खबर आयो ।

लगत्तै जर्नेलहरूबीच ओलीको कदमबारे छलफल भएको स्रोत बताउँछ । विशेषतः प्रधानमन्त्रीको कदमपछि राष्ट्रिय सुरक्षामा पर्नसक्ने असरका विषयमा छलफल भएको स्रोतले बतायो । ‘यो विषय बैठकको एजेन्डा थिएन तर समसामयिक घटनाक्रममा छलफल हुनु सामान्य र नियमित कुरा हो’, जंगीअड्डा स्रोतले भन्यो, ‘शान्ति सुरक्षामा पर्न सक्ने प्रभावका बारेमा कुराकानी भएको छ ।’

अहिले शान्ति सुरक्षा कायम गराउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिँदै आएको छ । तर जिल्ला सुरक्षा समितिले आवश्यकता देखे प्रमुख जिल्ला अधिकारीको आदेशमा सेनालाई पनि खटाइने गरिएको छ। त्यस्तो अवस्था आउनसक्ने भएकाले सबै युनिटलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ।

यसबीच नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले उच्च सतर्कता अपनाउन मातहतका इकाईहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीको पछिल्लो कदमपछि देशका विभिन्न भागमा प्रदर्शन र आन्दोलन बढ्ने विश्लेषणसहित ‘हाई अलर्ट’मा बस्न निर्देशन दिइएको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकृतले भने, ‘स्थानीय प्रशासनसँग समन्वय गरेर पछिल्लो कदमले उपन्न हुनसक्ने परिस्थितिलाई सामना गर्नका लागि तयार रहन भनेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४