Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिडियाखाना खुल्यो, विद्यालय अझै बन्द !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २५ २०७७
  • 5.5K
    SHARES

काठमाडौं । विश्वास कट्टेल, मीनभवनस्थित भिएस निकेतनको कक्षा २ मा अध्ययनरत छन् । उनी स्कुल नगाएको नौ महिना भयो । स्कुलले अनलाइन कक्षा त चलाएको छ, तर भौतिक रुपमा स्कुल गएर पढ्ने जस्तो भएको छैन ।

त्यसमाथि लामो समयदेखि घरभित्र बस्नु पर्दा उनलाई कम्ता सकस भएको छैन । बिहीबारदेखि चिडियाखाना खुलेको थाहा पाएपछि उनी र कक्षा ६ मा अध्ययनरत दाजु विप्लवले घुम्न जान कर गरे र बाबुआमासँग आए ।

नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न चैत ११ बाट लकडाउन भएसँगै बन्द रहेको ललितपुर, जावलाखेलस्थित सदर चिडियाखाना बिहीबारदेखि खुलेको छ । नौ महिनापछि खुलेकै दिन ७०० जनाले अवलोकन गरेको चिडियाखाना प्रमुख डा चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

यसरी घुम्न आउनेहरुमा बालबालिका पनि छन् । ससाना नानीबाबु आफ्ना अभिभावकसहित आएका थिए भने कलेज पढ्नेहरु साथीहरुको समूहमा । एलिना न्यौपाने र रश्मी सिलवाल नवोदित कलेजका विद्यार्थी हुन् । एलिनाले ११ कक्षाको परीक्षा सकियो, कक्षा १२ को पढाई सुरु भएको छैन । त्यसैले उनीहरु चिडियाखान घुम्न आएका छन् ।

कस्तो छ सुरक्षा मापदण्ड

कोरोना भाइरसको जोखिमका कारण चिडियाखाना प्रवेश गर्नका लागि अनलाइन टिकटको व्यवस्था गरिएको छ । प्रवेश गर्दा नै तापक्रम मापन गरिन्छ भनेक मास्क अनिवार्य गरिएको छ । खाना लैजान पाइँदैन ।अवलोकनका क्रममा पनि सामाजिक दुरी पालना गराउन सेतो घेरा (अवलोकन पथ) कोरिएको छ । र, एकपटकमा ८०० जनासम्म मात्रै अवलोकनकर्तालाई भित्र प्रवेश दिइएको प्रमुख डा. पोखरेलले जानकारी दिए ।

‘भित्र जाने र बाहिर निस्कने द्वार पनि फरक गरेका छौं’ पोखरेल भन्छन् ‘भित्र जानेको संख्याजस्तै बाहिर निस्कनेको संख्या पनि गणना गरेर जति निस्कन्छन् सोही अनुपातमा दर्शकलाई भित्र प्रवेश गर्ने व्यवस्था गरिने छ ।’

स्कुल किन नखोल्ने ?

कोरोनाको जोखिमका कारण विद्यालयहरु बन्द गरिएको छ । पछिल्लो समय शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले जोखिम हेरेर स्थानीय तहले निर्णय गर्नसक्ने बताएपछि उपत्यका बाहिर स्कुलहरु खुल्न थालेका छन् । तर काठमाडौं उपत्यकामा भने अधिकांश स्कुल बन्द छन् ।

स्कुल बन्द भएको समय चिडियाखाना खुल्यो, जहाँ बालबालिकाहरु पनि जान्छन् । अब विद्यालय बन्द गरिराख्नुपर्ने कारण नभएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसनका अध्यक्ष ऋतुराज सापकोटा बताएँछन् । ‘अभिभावकहरू घर बाहिर निस्कदा असुरक्षित नहुने तर विद्यार्थी विद्यालय जाँदा असुरक्षा हुन्छ भन्नु सही होइन’ सापकोटा भन्छन्, ‘पर्याप्त स्वास्थ्य सतर्कता अपनाएर, शिक्षकको प्रत्यक्ष निगरानीमा पढाउँदा सुरक्षित हुन्छन् ।

संस्थागत विद्यालय शिक्षक युनियनका होमकुमार थापा विद्यार्थी र शिक्षकलाई ‘हेल्थ प्रोटोकल’ अनिवार्य गरेर विद्यालय सञ्चालन गर्न सकिने बताउँछन् । हावा चल्ने, फराकिलो कक्षा कोठामा पढाइ गर्न सकिने उनको भनाइ छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४