Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनकोसी–मरिन सुरुङ खन्न १२ कम्पनी इच्छुक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २२ २०७७
  • 5.2K
    SHARES

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि १२ कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजनाले आह्वान गरेको बोलपत्रमा चिनियाँ, इरानी र भारतीयलगायतका मुलुकका निर्माण कम्पनीले प्रस्ताव पेश गरेको सिँचाइ विभागले जनाएको छ ।

विभागले अहिले ती बोलपत्र प्राविधिक पक्षको मूल्यांकनको काम गरिरहेको विभागका महानिर्देशक मधुकर राजभण्डारीले जानकारी दिए । उनका अनुसार मूल्यांकनबाट प्राविधिक रुपमा योग्य कम्पनीलाई सर्ट लिस्ट गरिनेछ ।

सर्ट लिस्टमा परेका कम्पनीको आर्थिक प्रस्तावमध्ये सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का हात पार्नेछ । करिब १५ अर्ब लागत अनुमनान गरिएको यो सुरुङको निर्माण थाल्न अझै एक वर्ष समय लाग्ने अनुमान विभागको छ ।

करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको ठेक्का लाग्ने चरणमा छ । यो आयोजनाका लागि सुनकोसीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।

मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ । मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ

यो आयोजनाको सुरुङ अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत नै खनिने छ । भेरी–बबई आयोजनामा सफल भएपछि दोस्रोपटक सिँचाइ विभागले सुनकोसी मरिनमा टीबीएम मेसिन प्रयोग गर्ने निर्णय लिएको हो ।

‘यो परियोजनामा बन्ने सुरुङका लागि अडिट सुरुङहरु बनाउन पनि कठिन हुने भएकाले टीबीएमको प्रयोग गर्ने निश्कर्षमा पुगेका छौं,’ राजभण्डारीले भने, ‘यसबाट छिटो काम हुन्छ ।’

सुरुङ खन्न छनोट हुने कम्पनीले सम्झौतापछि विभागबाट टीबीएमको डिजाइन पास गरेर खरिद गर्नुपर्नेछ । त्यसैले सम्झौता गरेपछि सुरुङ खन्ने काम सुरु गर्न केही समय लाग्नेछ ।

यो आयोजनाका लागि पूर्वतयारीहरु लगभग सकिएको महानिर्देशक राजभण्डारीले बताउँछन् । ‘मुआब्जा वितरण रुख कटानी लगायतका प्रक्रिया सकाएका छौं,’ उनले भने, ‘पूर्वतयारी सकेर यो सुरुङको ठेक्का लाग्दैछ ।’ यो सुरुङ बनाउन थाल्नुअघि मध्यपहाडी लोकमार्गको ९ सय मिटर सडकको वैकल्पिक ट्रयाक बनाउनुपर्नेछ ।

आयोजनामा सुरुङबाहेकको सिभिलतर्फका हेडवर्क्स, सर्ज साफ्ट लगायतको कामसहित हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको ठेक्का लगाउन आर्थिक स्रोत जुटिसकेको छैन ।

महानिर्देशक राजभण्डारीले यी सबै काको लागि डिजाइन अन्तिम चरण्मा पुगेको बताए । स्रोत सुनिश्चित हुनासाथ सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको पनि ठेक्का लगाइने उनले बताए ।

कसरी बन्छ आयोजना ?

यो आयोजना मुख्य रुपमा सिँचाइमा केन्द्रित छ । तर, पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।

सिँचाइ विभागले यो आयोजनालाई २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियान रुपमा ब्याख्या गर्दै आएको छ । बागमती प्रदेशको जलस्रोतलाई २ नम्बर प्रदेशमा पुर्याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने दाबी सरकारको छ ।

यो आयोजनाको बाँधस्थलको डिजाइन टुंगिने चरणमा छ । तामाकोसी र सुनकोसी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोसीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ ।

मरिनको पानी बागमतीमा पुग्ने छ र बागमती सिँचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउन सकिनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ ।

मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । आयोजनाबाट उत्पादित विजुली रािष्ट्रय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजना बनेपछि सुनकोसीको ६४ क्युबिक मिटर प्रतिकेन्ड पानी मरिनमा झर्नेछ ।

मध्य तराईका बारा, रौतहट, महोत्तरी र सर्लाही जिल्लाका सुख्खा जमिनमा सिँचाइ सुविधा दिने गरी यो डाइभर्सन आयोजना निर्माण गर्न लागिएको महानिर्देशक राजभण्डारी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४