काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० सय जनालाई संक्रमण पुष्टि भएको हो। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जना संक्रमित थपिएका छन्। योसहित अहिलेसम्म कोरोना संक्रमित संख्या ९८६१७ पुगेको छ।