Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २० २०७७
  • 2.2K
    SHARES

सल्यान । जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ ।

शारदा नगरपालिका –३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको सोमबार बिहान उद्धार गरिएको हो ।

आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा –३ की ३५ वर्षीया शान्ता परियारले अवैध सम्बन्धबाट जन्मेको शिशुलाई घर नपुग्दै जङ्गलमा छाडेर घर गएको प्रहरीले जनाएको छ ।

श्रीनगर बजारबाट बिहानै पैदल घुम्न निस्किएका स्थानीयवासीले जङ्गलमा चर्को स्वरमा शिशु रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शिशुको उद्धार गरी सल्यान अस्पतालमा लिएर उपचार शुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शिशु अस्पताल पु¥याएर उपचार शुरु गरेलगत्तै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिुनभयो ।

प्रहरीले अनुसन्धानका क्रममा शिशुलाई जङ्गलमा फाल्ने महिला र अवैध सम्बन्ध राख्ने भनिएका शारदा – २ पानीखोलाका दानबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

करीब एक वर्ष अगाडि कामका सिलसिलामा महिला भारतमा गएका बेला अवैध सम्बन्ध रहेको र शिशु जन्मिएपछि घर फर्किने क्रममा अरुले थाहा पाउने डरले जङ्गलमा फालेर घर गएको भनी परियारले बयान दिएको प्रहरीले जनाएको छ । रासस

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४