Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपाका असन्तुष्ट सांसदलाई मुख्यमन्त्रीको आश्वासन : बुटवललाई वित्तीय राजधानी बनाउँछु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १९ २०७७
  • 6.1K
    SHARES

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको भलुवाङलाई प्रशासनिक र बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

दाङको भालुवाङ (राप्ती उपत्यका)लाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १४ सांसदले फरक मत राखेका छन् । संसदीय दलको सोमबार बसेको बैठकमा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले समेत बुटवलका जनताको भावनालाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए । बैठकमा मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता पोखरेलले भालुवाङमा संरचनाहरु नबन्दासम्म अस्थायी राजधानी बुटवलमै रहने बताए । साथै बुटवल र लुम्बिनी करिडोरलाई छोएका क्षेत्र समेटेर वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने र भालुवाङलाई प्रशासनकीय राजधानीका रुपमा अगाडि बढाउने उनले बताए ।

‘यसले बुटवलका जनतालाई केही महलपट्टी भएको छ र हामीलाई पनि राहत महसुस भएको छ’ नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले जन न्युज नेपाल खबरसँग भने ।

बैठकले सरकारले प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न समेत सांसदहरुलाई ह्पीप लगाएका छन् । अब आफूहरुले पार्टीको निर्देशनअनुसार नै सरकारी प्रस्तावको पक्षमा मत राख्ने प्रमुख सचेतक ढकालले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४