Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैरागी मुख्यसचिव नियुक्त, अमेरिकामा खतिवडा र बेलायतमा रेग्मीलाई राजदूत बनाउने सरकारको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १५ २०७७
  • 9.2K
    SHARES

काठमाडौं, । सरकारले मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ ।बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले परारष्ट्र सचिव बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । परराष्ट्र सेवाबाट मुख्य सचिव हुने बैरागी पहिलो व्यक्ति हुनुहुन्छ ।

त्यसअघि मुख्य सचिव लोकदर्शन रेग्मीले मुख्य सचिवबाट राजीनामा गर्नुभएको थियो । आफू बेलायतमा राजदूत हुने पक्का भएपछि रेग्मीले राजीनामा दिनुभएको हो ।मन्त्रिपरिषदको बैठकले मुख्य सचिव रेग्मीको राजीनामा लिएर उहाँलाई भने बेलायतका लागि राजदूतमा नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ ।

यसैगरी, सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्ने निर्णय गरेको छ ।वैरागीलाई मुख्य सचिव बनाउने पक्षमा रहेका प्रधानमन्त्री केपी ओली कार्यकाल बाँकी नै रहेका रेग्मीलाई बेलायतको राजदूत बनाउन सरकार तयार हुनुभएको हो ।रेग्मीको पदावधि सकिनु अगावै वैरागीले यही असोज २१ गते नियमति अवकाश पाउने भएपछि रेग्मीलाई बेलायतको राजदूत पद दिएर सरकारले बैरागीलाई मुख्य सचिव बनाइएको हो।

रेग्मीको कार्यकाल सकिन भने अझै दुई हप्ता बाँकी थियो । तर प्रधानमन्त्री बैरागीलाई मुख्य सचिव बनाउने पक्षमा भएपछि बेलायतको राजदूत बनेर रेग्मीले राजीनामा दिनुभएको हो ।रेग्मीले अहिले राजीनामा नदिएर असोज २२ पछि मात्र दिएको भए चन्द्र घिमिरे, विश्वनाथ ओली र मधुसुदन अधिकारी मुख्यसचिवको दावेदार बन्न पाउने थिए । तर रेग्मीले प्रधानमन्त्रीको इच्छा पूरा गर्न आफू बेलायतको राजदूत बन्दै राजीनामा दिनुभएको हो ।

खतिवडा भने राष्ट्रिय सभामा पुनर्नियुक्ति नपाएपछि अर्थमन्त्रीबाट राजीनामा दिई प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त हुनुभएको थियो ।तर प्रधानमन्त्री ओलीले खतिवडालाई पनि अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको हो । खतिवडा लगातार लाभको पदमा रहने व्यक्ति हुनुहुन्छ ।

राष्ट्र बैंकबाट आफ्नो जागिरे जीवन शुरु गर्नुभएका उहाँले राष्ट्र बैंकको गभर्नर, दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, राष्ट्रिय सभाको सदस्य, अर्थमन्त्री जस्ता पद प्राप्त गर्नुभएको छ ।प्रधानमन्त्री ओलीका निकट खतिवडालाई उहाँले अहिले अमेरिकाका लागि राजदूत बनाउनु भएको हो ।सरकारबाट राजदूतमा सिफारिश खतिवडा र रेग्मीको संसदीय समितिमा सुनुवाईपछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४