Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लौ अच्चम  भाडा १५० प्रतिशत,वृद्धि यात्रा झुण्डिएर कठिन ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ९ २०७७
  • 11.7K
    SHARES

लौ अच्चम  भाडा १५० प्रतिशत,वृद्धि यात्रा झुण्डिएर कठिन ?

जन न्यज नेपाल खवर नमुना दहाल कार्की 

“ए  ल झर्नुस् त, अगाडि चेकपोस्ट आयो”

काठमाडौँ । ललितपुर लगनखेलबाट बिहिबार  सन्जिब कार्की बिहानै खुल्ला मञ्चस्थित पुरानो बसपार्क पुग्छन् । उनलाई काठमाडौंबाट दोलखा, हुदै जिरी सम्म जानु थियो ।

सन्जिब कार्कीले टिकट काउण्टर वालालाई सोधे– दाई जिरी सम्म जाने गाडी छ र?

काउण्टरवालाले तत्कालै जवाफ फर्काए, ‘छ भाइ । कति बजेकोमा जानु हुन्छ र? एउटा अहिले भर्खरै ७ बजे गयो । अब अर्को गाडी साढे ८ बजेको छ । तर पहिलेको जस्तो छैन, १७ जना पुग्नेबित्तिकै हिँड्ने हो ।’

सन्जिब कार्कीले सोधे, ‘जिरीसम्मको भाडाचाहिँ कति हो नि ?

काउण्टरवालाले कोरोनाकालमा जारी सरकारी नियमको हवाला दिँदै भन्यो, ‘अहिले सरकारले नै तोकिदिएको ५० प्रतिशत थपसहित जिरीसम्मको भाडा रु  ९५८  रुपैयाँ हो । नियमअनुसार सिट क्षमताको तुलनामा ५० प्रतिशतमात्र यात्रु राख्न पाइन्छ । गाडीमा जम्माजम्मी १७ जना जतिमात्र हुन्छन्,’ काउण्टरवालाले भने । हुन पनि सरकारले तोकिदिएको सार्वजनिक यातायात सञ्चालनको नियम अनुसार एउटा गाडीमा ५० प्रतिशतमात्र यात्रु राख्न पाइन्छ । सोही नियम अनुसार काठमाडौं–जिरीको भाडामा ५० प्रतिशत थपसहित  रु ९५८  रुपैयाँको टिकट काटेर सन्जिब कार्की गाडी चढ्छन् ।गाडी बसपार्क छाडेर भद्रकाली, माइतिघर, कोटेश्वर हुँदै जिरीतर्फ हुँइकिन्छ । तर जब गाडी कोटेश्वर पुग्छ, तब सह–चालक (खलासी)ले यात्रु डाक्न थाल्छन् ।

बनेपा,धुलिखेल, खाडिचौर,चरिकोट,जिरी।  

यात्रुहरु तछाडमछाड गर्दै गाडी चढ्न आउँछन् ।

बसपार्कबाट सिटको हरेक लाइनमा एक–एक जना गरेर १७ जना यात्रु पनि नबोकी हुँइकिएको गाडीमा अब झण्डै ३० जना पुगिसकेका हुन्छन् । जतिजति गाडी अघि बढ्दै जान्छ, प्रत्येक स्टेशनमा सहचालकले भेटेजति सबै लोकल यात्रुहरु भर्दै जान्छन् । बसपार्कबाट १०–१२ जनामात्र यात्रु बोकेर लामो दुरीका लागि छुटेको गाडीमा अन्ततः साँच्चै दशैँतिहारको झल्को दिनेगरी भिडभाड हुन्छ । यात्रुहरु झुण्डिनु पर्ने अवस्था आउँछ । खाडिचौर वरको प्रहरी चेक पोष्ट नपुग्दै गाडी रोकिन्छ । चालक र सहचालकले यात्रुलाई भन्छन्, ‘ए १ ल झर्नुस् त । अगाडि चेक पोष्ट आयो ।’

 अगाडि उक्त बसबाट झरेर चेकपोस्ट अघिल्तिर गएर बस्छन् । चेकपोस्ट पार गरेर बस रोकिन्छ र फेरि सबै यात्रु चढ्छन् । अहिले लामो दुरीमा चल्ने अधिकांश सार्वजनिक यातायातको हविगत यस्तै छ, ती सवारी साधनमा यात्रा गर्ने यात्रुले यस्तै नियति झेल्नु परेको छ । यतिसम्म कि बाटोमै विपरीत दिशाबाट आउने गाडीले अर्को गाडीलाई कहाँ चेकिङ्ग हुँदैछ भनेर जानकारी दिन्छन् । यसरी यातायात व्यवसायी र यातायात मजदुरले सरकारद्वारा जारी लामो दुरीको यातायात सञ्चालनको नियम उल्लंघन भइरहेको छ ।

१५० प्रतिशत भाडा, झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यतामा यात्रुहरु

सरकारले जारी गरेको नियममा ५० प्रतिशतभन्दा बढी यात्रु राख्न नपाउने र लामो दुरीमा सञ्चालन हुने गाडीले डेस्टिनेशन टु डेस्टिनेशन(डीटूडी) प्रणालीमा गाडी सञ्चालन गर्नुपर्ने उल्लेख छ । नियम अनुसार गाडीले बीच बीचमा यात्रुहरु चढाउने र झार्ने गर्न पाउँदैनन् । यसैका लागि भनेर सरकारले यात्रुहरुसँग थप ५० प्रतिशत भाडा लिन पाउने गरी नियम बनाइदिएको हो । तर गाडीवालाहरुका लागि भने ५० प्रतिशत भाडावृद्धिको नियम फलिफाप भएको छ ।

गाडीवालाहरुले यात्रुसँग साविकको भाडा दरमा ५० प्रतिशत थपेर भाडा असुल्छन् । तर नियम विपरित खचाखच यात्रुहरु हाल्छन् । गाडीमा न त भौतिक दुरी कायम हुन्छ, न त मास्क, सेनिटाइजरको नै व्यवस्था छ । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ भने यसबारे अनभिज्ञता दर्शाउँछ । व्यवसायीहरुबाट किन यस्तो भइरहेको छ भन्ने हाम्रो प्रश्नमा महासंघ सरकार, नागरिक र यातायात व्यवसायी सबै जिम्मेवार हुनुपर्ने बताउँछ ।

यसका लागि अन्तरजिल्ला तथा अन्तरप्रदेश चल्ने सवारी साधनको अनुगमन गर्न तथा खाजा घरहरुमा सुरक्षाका मापदण्ड पालना भए–नभएको हेर्न सरकार लाग्नु पर्ने व्यवसायीहरुको भनाइ छ । यसका लागि प्रत्येक जिल्लामा अनुगमन टोली हुनुपर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष विजय स्वाँरले जन न्युज नेपाल खबरलाइ बताए ।

‘जसले गल्ती गरयो त्यसलाई कारबाहीको दायरामा ल्याउने हो । सुरक्षा मापदण्ड पुरा नगर्ने तथा नियमको उल्ंलघन गर्र्नेलाई सरकारले कारबाही गर्नुपर्छ,’ उनले भने, ‘लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा नियमन तथा अनुगमनको व्यवस्था हुनुपर्छ । यसका लागि हामीले सरकारसँग माग पनि गरिरहेका छौँ ।उनको प्रश्न छ, ‘विमानले शतप्रतिशत यात्रु राखेर उडान भर्न पाउँछ भने सार्वजानिक यातायातले किन नपाउने र आफूहरु आवश्यक स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाएर सुरक्षित यात्रा गराउन तयार रहेको उनको भनाइ छ । ‘अब यसमा सरकारले सहजीकरण गर्नुपर्छ । यसले यात्रुमाथि थप ५० प्रतिशत भाडाको भार पनि पर्दैन,’ उपाध्यक्ष स्वाँरले भने । स्वाँरले स्वास्थ्य सुरक्षाको विषयमा यात्रु आफै पनि सचेत हुनुपर्ने बताउँछन् । विमानमा शतप्रतिशत यात्रु बोक्न दिएको तर लामो दुरीका सार्वजनिक सवारी साधनलाई ५० प्रतिशतमात्र यात्रु बोक्न दिएको सम्बन्धमा उनले गुनासो समेत गरेका छन् ।

उनको प्रश्न छ, ‘विमानले शतप्रतिशत यात्रु राखेर उडान भर्न पाउँछ भने सार्वजानिक यातायातले किन नपाउने र आफूहरु आवश्यक स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाएर सुरक्षित यात्रा गराउन तयार रहेको उनको भनाइ छ । ‘अब यसमा सरकारले सहजीकरण गर्नुपर्छ । यसले यात्रुमाथि थप ५० प्रतिशत भाडाको भार पनि पर्दैन,’ उपाध्यक्ष स्वाँरले भने । कोभिड–१९ को महामारीमा सञ्चालनमा आएका सार्वजानिक यातायातहरुले तोकिएकोभन्दा बढी भाडा असुलेको, तोकिएकोभन्दा बढी यात्रु बोकेको र स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगरी सञ्चालन भएको पाइएमा त्यस्ता गाडीहरुलाई ट्राफिक प्रहरीको सहयोगमा विभागले कारबाही गरिरहेको उनले बताए ।

दैनिक ३–४ सय गाडी कारबाहीमा

यातायात क्षेत्रको व्यवस्था तथा अनुगमन, नियमनको जिम्मेवारी पाएको यातायात व्यवस्था विभागले नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गर्दै आएको छ । दैनिक ३–४ सय सार्वजनिक गाडी कारबाहीमा पर्ने गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जन न्युज नेपाल खवर सँग बताएका छन् । कोभिड–१९ को महामारीमा सञ्चालनमा आएका सार्वजनिक यातायातहरुले तोकिएकोभन्दा बढी भाडा असुलेको, तोकिएकोभन्दा बढी यात्रु बोकेको र स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगरी सञ्चालन भएको पाइएमा त्यस्ता गाडीहरुलाई ट्राफिक प्रहरीको सहयोगमा विभागले कारबाही गरिरहेको उनले बताए ।

लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीको हकमा विभागले स्थानीय प्रशासनको सहकार्यमा जिल्ला प्रहरी तथा ट्राफिक प्रहरीको सहयोगमा अनुगमन, नियमनका साथै कारबाही गरिरहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४