राष्ट्रिय क्रिकेट टिमका खेलाडी सिंहको अवस्था सुधारोन्मुख
जन न्युज नेपाल खवर प्रतिनिधि
आईतबार राति धनगढीबाट महेन्द्रमगर जादै गरेकका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारी ट्रकको ठक्करबाट घाइते भएका थियो । सिंह सवार मोटर साइकल दुर्घटनामा परेको र हात र खुट्टा दुवैमा गम्भिर चोट लागेको हुदा चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताएको भएता पनि कहिले गर्ने भन्ने समय टुङ्गो नलागेको परिवारले जनाएका छन् ।
सिंहको धनगढीको निसर्ग हस्पिटलमा उपचार गरिएको भएता पनि त्यहाँका चिकित्सकले थप उपचारका लागि नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थियो । भने पारिवारका अनुसार पहिले भन्दा अहिले स्वस्थ्यमा केहि सुधारोन्मुख रहेको सिंहका पारिवारले बताएका छन्
सिंहले चोटकै कारण पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहदै आएका थिए । विभागीय टिम पुलिसमा आबद्ध सिंहले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाईज प्रतियोगिता खेलिरहेका थिए ।