Jana Prahar

शनिबार, कार्तिक १ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १ २०८३
  • 399
    SHARES

काठमाडौं । कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी बलले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी चेकजाँच सुरु गरेको छ।

सीमा नाकामा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउने उद्देश्यले शनिबारदेखि पाँच जना तालिमप्राप्त प्रहरी र दुईवटा कुकुरसहितको स्क्वाड परिचालन गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपालले असोज २७ गते भीमदत्त नगरपालिका -११ स्थित सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीको परिसरमा स्क्वाड स्थापना गरेको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक जगदिश भट्टको कमान्डमा रहेको उक्त टोलीले शनिबार बिहानदेखि सीमा नाकामा चेकजाँच थालेको हो।

स्क्वाडमा ल्याब्राडोर जातको ‘अल्फा’ नामक पोथी र जर्मन शेफर्ड जातको ‘डेल्टा’ नामक भाले कुकुर छन्। तालिमप्राप्त कुकुरको सहयोगमा गरिने जाँचले सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्ति तथा सामग्रीको निगरानी र सुरक्षा जाँचलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने सशस्त्र प्रहरीको अपेक्षा छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले तालिमप्राप्त कुकुरसहितको स्क्वाड परिचालनले सीमा नाकामा हुने चेकजाँचलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो।

चेकजाँच कार्यको उद्घाटन कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरी, सीमा सुरक्षा गुल्म गड्डाचौकीका गुल्मपतिलगायत सुरक्षा अधिकारी, भीमदत्त नगरपालिका -११ का वडाध्यक्ष प्रकाश थापा लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४