Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यमनका हुथीद्वारा साउदी अरबका विमानस्थल र ऊर्जा केन्द्रमा ड्रोन आक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २७ २०८३
  • 114
    SHARES

काठमाडाैं । यमनको हुथी समूहले साउदी अरबका विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी चारवटा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । साउदी अरब र हुथी समूहबीच सीमापार आक्रमण जारी रहँदा क्षेत्रीय तनाव थप बढेको छ ।

हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाले हुथी नियन्त्रित अल–मसिरा टेलिभिजनमार्फत वक्तव्य जारी गर्दै आक्रमणबारे जानकारी दिनुभएको हो । उहाँकाअनुसार आक्रमणको निशानामा साउदी राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वी प्रान्तमा रहेको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल तथा साउदी ऊर्जा कम्पनी अरामकोका दुईवटा ऊर्जा केन्द्र रहेका थिए ।

सरियाले अरामकोको शेदगुम ग्यास केन्द्रमा प्रत्यक्ष प्रहार भएको र त्यसबाट ठूलो आगलागी भएको दाबी गर्नुभयो । त्यस्तै, पूर्वी प्रान्तस्थित अरामकोको तानाजिब केन्द्रलाई पनि लक्षित गरिएको उहाँले बताउनु भयो । यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि भएको जानकारी उपलब्ध छैन । यसैबीच, हुथी प्रवक्ताले दक्षिणी यमनी प्रान्त लहिजमा रहेका साउदी सैन्य जमघटलाई लक्षित गरी छवटा ब्यालिस्टिक क्षेप्यास्त्र र दुईवटा ड्रोन प्रहार गरिएको दाबी गर्नुभयो । उक्त आक्रमणमा दर्जनौँ मानिस हताहत भएको उहाँको भनाइ छ । हुथी समूहले साउदी युद्धक विमानलाई लक्षित गरी स्थानीय रूपमा निर्मित सतहबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्रसमेत प्रयोग गरेको र त्यसपछि विमानहरू पछि हटेको दाबी गरेको छ । सरियाकाअनुसार पछिल्लो आक्रमण यमनका विभिन्न क्षेत्रमा साउदी हवाई आक्रमण तीव्र बनेपछि गरिएको हो ।

यमनमा सन् २०१४ को अन्त्यतिर हुथी समूहले राजधानी साना र देशको उत्तरी भूभागको ठूलो हिस्सा नियन्त्रणमा लिएपछि द्वन्द्व जारी छ । सन् २०१५ मा साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो । हाल उक्त सरकार एडेनबाट सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४