Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेकाे जारी केन्द्रीय कमिटी बैठकमा आजदेखि सदस्यहरूले धारणा राख्ने क्रम शुरू


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ६ २०८३
  • 494
    SHARES

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन मंगलबार बिहान ९ बजेदेखि सुरु हुँदैछ। ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा जारी बैठकमा मंगलबारदेखि केन्द्रीय कमिटी सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रम सुरु हुने भएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न अधिकतम तीन मिनेटको समय निर्धारण गरिएको छ। सदस्यहरूले पार्टीको राजनीतिक तथा संगठनात्मक अवस्था, अध्यक्षको प्रतिवेदन, जनतासँग पार्टीको सम्बन्ध तथा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा प्रस्तुत गर्नेछन्।

सोमबारबाट सुरु भएको बैठकको पहिलो दिन अध्यक्ष ओलीले ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ विषयक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उक्त प्रतिवेदनमाथि मंगलबार र बुधबार केन्द्रीय सदस्यहरूले छलफल गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ।

बैठकमा पार्टीका सांगठनिक संरचनालाई पूर्णता दिने विषय पनि मुख्य एजेण्डाका रूपमा अघि बढाइने भएको छ। बैठकका लागि तय गरिएका नौ एजेण्डामा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलसँगै केन्द्रीय कमिटीमा सदस्य मनोनयन, विभिन्न विभाग गठन तथा पूर्णता, पोलिटब्युरो गठन, स्थायी कमिटी गठनलगायत विषय समावेश छन्।

त्यसैगरी, सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, अनुशासनसम्बन्धी ठोस दृष्टिकोण तय गर्ने तथा समसामयिक प्रस्ताव पारित गर्ने विषय पनि बैठकको एजेण्डामा रहेका छन्। एमालेले यी विषयमा क्रमशः निर्णय प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

मंगलबारदेखि केन्द्रीय सदस्यहरूको मनोनयन तथा विभिन्न विषयमा सदस्यहरूको धारणा राख्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। पोलिटब्युरो, स्थायी कमिटी तथा अन्य सांगठनिक जिम्मेवारी बाँडफाँडका विषयमा भने बुधबार थप निर्णय हुने तयारी रहेको बताइएको छ।

यो बैठक गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक हो। निर्वाचनपछि पार्टीको राजनीतिक अवस्था, संगठनात्मक संरचना र आगामी कार्यदिशाबारे छलफल गर्न बैठकलाई महत्वपूर्ण मानिएको छ।

सोमबारको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा पार्टीको पुनर्निर्माण, पछिल्लो राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण तथा आगामी कार्यभारलगायत विषय समेटिएका छन्। अब केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आफ्ना धारणा राखेपछि बैठक विभिन्न सांगठनिक निर्णयतर्फ अघि बढ्नेछ।

यससँगै एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीका विभिन्न कमिटी तथा विभागलाई पूर्णता दिने, नेतृत्व तथा जिम्मेवारी बाँडफाँड गर्ने र आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशाका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४