Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवा बाढीपछि राहत र पुनर्स्थापनामा कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ४ २०८३
  • 988
    SHARES

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी राहत, उद्धार, पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको सचिवालय बैठकले बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहत वितरणमा कुनै पनि कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो। बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले विपद्पछिको अवस्थाबारे विस्तृत छलफल भएको जानकारी दिए।

खरेलका अनुसार बैठकमा सरकारका प्रतिनिधिले रसुवामा आएको बाढीपछि भइरहेको खोजी, उद्धार तथा राहत कार्यको अवस्थाबारे सचिवालयलाई जानकारी गराएका थिए। सरकारका तर्फबाट खोज, उद्धार र राहतको काम प्रभावकारी रूपमा अघि बढिरहेको तथा पुनर्निर्माण र पुनर्स्थापनाका कामसमेत सँगसँगै अघि बढाइएको जानकारी गराइएको उनले बताए।

बैठकमा विशेषगरी बाढीपछिको प्रतिकार्य, प्रभावित नागरिकको अवस्था, बेपत्ता व्यक्तिको खोजी, पहिचान हुन नसकेका शवको व्यवस्थापन तथा पीडित परिवारलाई राहत उपलब्ध गराउने विषयमा छलफल भएको थियो।

प्रवक्ता खरेलले बैठकपछि भने, “सचिवालय बैठकले धेरै विषयमा गहन छलफल गरेको छ । सबैभन्दा महत्वपूर्ण रूपमा रसुवाको भोटेकोशीमा आएको बाढीपछिको प्रतिकार्यका बारेमा छलफल भएको थियो ।”

उनका अनुसार बैठकमा विपद्पछिको खोज, उद्धार र राहतको काम कसरी भइरहेको छ भन्ने विषयमा सरकारका प्रतिनिधिका रूपमा सचिवालय सदस्यबाट ब्रिफिङ गरिएको थियो। खोजी तथा उद्धारको काम जारी रहेको र प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका काम पनि अघि बढिरहेको जानकारी बैठकमा प्राप्त भएको उनले बताए।

पहिचान हुन नसकेका शवको डीएनए परीक्षण छिटो गर्न आग्रह

रास्वपाले बाढीपछि फेला परेका तर अझै पहिचान हुन नसकेका शवको डीएनए परीक्षणलाई शीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ। शवको पहिचान हुन नसक्दा लामो समयदेखि आफ्ना आफन्तको अवस्थाबारे अनिश्चित रहेका परिवारलाई थप पीडा भइरहेको भन्दै बैठकले पहिचान प्रक्रिया छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिएको हो।

खरेलका अनुसार डीएनए परीक्षण यथाशीघ्र गरी पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउनुपर्ने विषय बैठकको प्राथमिकतामा रहेको थियो।

उनले खोज, उद्धार तथा राहतको काम प्रभावकारी रूपमा अघि बढिरहेको र पुनर्निर्माण तथा पुनर्स्थापनाको काम पनि सँगसँगै भइरहेको जानकारी सरकारका प्रतिनिधिबाट प्राप्त भएको बताए। विपद्पछिको राहत तथा पुनर्स्थापनामा कुनै पनि कसर बाँकी नराख्न पार्टीले सरकारलाई आग्रह गरेको उनको भनाइ छ।

सम्पर्कविहीन नागरिकको अवस्था तत्काल यकिन गर्नुपर्ने

बैठकले अझै सम्पर्कविहीन रहेका नागरिकको अवस्था तत्काल यकिन गर्नुपर्नेमा पनि जोड दिएको छ। लामो समयसम्म सम्पर्कमा नआएका नागरिकको खोजीलाई तीव्रता दिनुपर्ने र परिवारलाई उनीहरूको अवस्थाबारे यथाशीघ्र जानकारी गराउनुपर्ने रास्वपाको धारणा छ।

खरेलका अनुसार बेपत्ता नागरिकको अवस्था यकिन गर्ने प्रक्रियामा कुनै कानुनी अवरोध भए आवश्यक कानुनी व्यवस्था गरेर भए पनि प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ।

उनले भने, “पहिचान हुन नसकेका शवहरूको डीएनए परीक्षण छिटोभन्दा छिटो हुनुपर्‍यो र पीडित परिवारलाई राहत दिनुपर्‍यो भन्ने कुरा नै मुख्य रूपमा रहेको छ । आज पनि पाँच हजार नागरिक मिसिङ हुनुभएको छ । उहाँहरूको अवस्था पनि छिटो तय गरेर यसमा कुनै कानुनहरू अवरोध छन् भने कानुन बनाएर भए पनि डिक्लेयर गर्ने कुरामा परिवारको सहमतिमा सहजीकरण गर्ने कुरा भएको छ ।”

रास्वपाले बेपत्ता नागरिकका परिवारको संवेदनशीलतालाई ध्यानमा राख्दै खोजी तथा पहिचानको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएको छ। साथै, कानुनी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था भए परिवारको सहमतिलाई समेत ध्यानमा राखेर आवश्यक सहजीकरण गर्नुपर्नेमा पार्टीले जोड दिएको छ।

स्थगित पार्टी गतिविधि पुनः सञ्चालन गर्ने निर्णय

यसैबीच, गत १० भदौमा रसुवामा बाढी आएपछि स्थगित गरिएका पार्टीका नियमित गतिविधिहरू पनि आइतबारदेखि पुनः सञ्चालन गर्ने निर्णय रास्वपाले गरेको छ।

बाढीका कारण विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई प्राथमिकता दिँदै पार्टीका विभिन्न गतिविधि स्थगित गरिएका थिए। पछिल्लो सचिवालय बैठकले ती गतिविधिलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए।

रास्वपाले भने बाढी प्रभावित क्षेत्रमा सरकारको खोज, उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन निरन्तर ध्यान दिनुपर्नेमा जोड दिएको छ। प्रभावित नागरिकको सुरक्षित पुनर्स्थापना, बेपत्ताको खोजी र पहिचान हुन नसकेका शवको पहिचानलाई प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४