Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुशे औंसी अर्थात बाबुको मुख हेर्ने दिन आज विविध कार्यक्रम गरी मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २६ २०८३
  • 418
    SHARES

काठमाडाैं । प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व शुक्रबार वैदिक सनातन धर्मावलम्बीहरुले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन् ।

देवकार्य र पितृकार्यमा प्रयोग हुने कुश यस दिन ब्राह्मणहरूले विधिपूर्वक पूजा गरी छेदन गरेर घर-घरमा पुर्‍याउने प्रचलन रहेकाे छ । घरमा कुश राख्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास रहिआएको हाे। कुशे औंसीकै दिन छोराछोरीले आफ्ना बाबुलाई मिठा परिकार खुवाएर सम्मान गर्ने चलन समेत रहेकाे छ ।

त्यसैले यस दिनलाई ‘बाबुको मुख हेर्ने दिन’ र पितृ दिवस पनि भनिन्छ । बाबु दिवङ्गत भइसकेकाहरूले भने काठमाडौंको गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा पुगेर दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिधा दान गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा पनि यस्तै धार्मिक गतिविधि हुने गर्दछ ।

तर यस वर्ष भने भोटेकोशीको बाढीले तहसनहस पारेकोले वेत्रावतीमा कुनै चहलपहल छैन । कुशे औंसीका अवसरमा शुक्रबार गोकर्णमा विशेष मेला समेत लागेको छ। यस दिनमा थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्वका रूपमा समेत लिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४