Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाढीले घर–व्यवसाय बगाउँदा भावुक भए ढकाल, पुनर्निर्माणमा निजी क्षेत्रको साथ रहने प्रतिबद्धता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २२ २०८३
  • 836
    SHARES

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाढीबाट भएको विनाशकारी क्षति देखेर आफू निकै मर्माहत भएको बताएका छन्।

रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रमा पुगेर बाढीको अवस्था अवलोकन गरेका ढकालले सयौँ परिवारका घर–आँगन बगरमा परिणत भएको, सडक तथा पुलमा ठूलो क्षति पुगेको र उद्योग–व्यवसायसमेत बाढीको चपेटामा परेको बताए।

बाढीबाट ज्यान गुमाउने नागरिक तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ढकालले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

स्थलगत अवलोकनका क्रममा जलविद्युत् आयोजना, विद्यालय, अस्पताल तथा साना–मझौला व्यवसायीका पसल र गोदाममा समेत ठूलो क्षति पुगेको देखिएको उनले बताए। आफ्नै घर तथा व्यवसाय गुमाएका उद्योगी–व्यवसायीहरू व्यक्तिगत पीडा भुलेर उद्धार तथा राहतमा खटिरहेको दृश्यले आफूलाई भावुक बनाएको ढकालको भनाइ छ।

“उहाँहरूको व्यक्तिगत पीडा हामी सबैको साझा पीडा हो,” ढकालले भनेका छन्। विपद्को पहिलो दिनदेखि नै निजी क्षेत्रले उद्धार, राहत, प्राथमिक उपचार तथा अत्यावश्यक सेवा सञ्चालनमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहने उनले बताए।

ढकालले बिदुर नगरपालिकाका नगरप्रमुख, नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी तथा स्थानीय उद्योगी–व्यवसायीसँग भेट गरी बाढीबाट भएको क्षति र उनीहरूका समस्याबारे जानकारी लिएका थिए।

भेटका क्रममा व्यवसायीहरूले क्षतिको यथार्थ लगत संकलन, सडक तथा पुल पुनर्निर्माण, विद्युत् र सञ्चार सेवा तत्काल सञ्चालन तथा प्रभावित व्यवसाय पुनः सञ्चालनका लागि आवश्यक सहयोग गर्न सरकारसँग माग गरेका थिए।

नेपाल–चीन जोड्ने प्रमुख उत्तरी व्यापारिक मार्ग अवरुद्ध हुँदा स्थानीय जनजीवनसँगै मुलुकको आपूर्ति व्यवस्थामा समेत असर परेको भन्दै ढकालले अवरुद्ध सडक, अस्थायी पुल, विद्युत् र सञ्चार सम्पर्क यथाशीघ्र सञ्चालन गर्न सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

उनले बाढी प्रभावित व्यवसायीहरूले राखेका मागलाई नीतिगत रूपमा सम्बोधन गराउन सम्बन्धित सरकारी निकायसँग पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

२०७२ सालको भूकम्प र कोरोना महामारीजस्ता ठूला संकटबाट समेत निजी क्षेत्र उठ्न सफल भएको स्मरण गर्दै ढकालले अहिलेको विपद्बाट पनि निजी क्षेत्र पुनः उठ्ने विश्वास व्यक्त गरे।

बाढी प्रभावित उद्योगी–व्यवसायी तथा नागरिकलाई धैर्य राख्न आग्रह गर्दै उनले “सिंगो निजी क्षेत्र तपाईंहरूको साथमा छ” भन्ने सन्देश दिएका छन्।

“हामी यो विपद्लाई जितेर फेरि नयाँ आशा र उत्साहका साथ उठ्नेछौँ,” ढकालले भने।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४