Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीले गर्‍यो स्थलगत अनुगमन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १३ २०८३
  • 608
    SHARES

काठमाडौं । धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्चस्तरीय टोलीले आवश्यक तयारी पूरा गरेको छ ।

मासटारदेखि धादिङबेँसीसम्मको वैकल्पिक मार्ग सञ्चालनका लागि मन्त्रालयका सचिव गोपाल सिग्देल नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाएको हो । अनुगमन टोलीमा सडक विभागका महानिर्देशक डा. विजय जैसी, सङ्घीय सडक सुपरीवेक्षण कार्यालय काठमाडौंका प्रमुख सौजञ्य नेपाल र सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्मा लगायतको सहभागिता रहेको थियो ।

टोलीले त्रिशूली नदीको किनारै किनार करिव १५ किलोमिटर पैदल यात्रा गरी वैकल्पिक मार्गको पहिचान र सडकको अवस्थाबारे जानकारी लिएको हो । उक्त वैकल्पिक सडकमा साना सवारीसाधनहरू आजैदेखि सञ्चालनमा आइसकेका छन् ।

ठूला तथा मालवाहक सवारीसाधन समेत सञ्चालन गर्न मिल्ने गरी हाल सडक स्तरोन्नति (अपग्रेडिङ) को कार्य तिब्र गतिमा भइरहेको प्राविधिक टोलीले जनाएको छ । सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि धादिङबेँसीको यातायात आवागमन थप सहज हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४