Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बंगालको खाडीमा २४ जना सवार ‘एमभी ओसन विनर’ नामक मालवाहक पानीजहाज डुब्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ७ २०८३
  • 855
    SHARES

एजेन्सी । भारतको ओडिशास्थित पारादीप तटबाट करिब २४० समुद्री माइल टाढा बंगालको खाडीमा शनिबार ‘एमभी ओसन विनर’ नामक मालवाहक जहाज डुबेको छ।

पनामाको झण्डा रहेको उक्त जहाजमा २४ जना चालक दलका सदस्य सवार थिए। भारतीय अधिकारीका अनुसार चालक दलमा २० जना चिनियाँ, तीनजना म्यान्मारका र एकजना बंगलादेशी नागरिक थिए।

जहाज डुबेपछि हालसम्म दुई जनाको उद्धार गरिएको छ भने बाँकी २२ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त जहाज पारादीप बन्दरगाहबाट फलाम बोकेर सिंगापुरतर्फ जाँदै थियो। जहाज अगस्ट २० तारिख राति पारादीपबाट प्रस्थान गरेको थियो। केही समयपछि जहाजसँग सम्पर्क विच्छेद भएपछि उद्धारका लागि सूचना प्राप्त भएको थियो।

घटनापछि भारतीय तटरक्षक बल र भारतीय नौसेनाले संयुक्त रूपमा खोजी तथा उद्धार अभियान सुरु गरेका छन्। नजिकै रहेका अन्य जलपोतलाई समेत घटनाबारे जानकारी गराउँदै उद्धार कार्यमा सहयोग गर्न आग्रह गरिएको छ।

उद्धार टोलीले लाइफर्‍याफ्टमा रहेका दुई जनालाई सुरक्षित उद्धार गरेको छ। जहाज डुब्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४