Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालगञ्ज-पोखरा हवाई उडान भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुँदै टिकट बुकिङ पनि खुला


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ४ २०८३
  • 1.1K
    SHARES

काठमाडौँ । लामो समयदेखि रोकिएको नेपालगन्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले आगामी भदौ ३१ गतेदेखि नेपालगन्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ।

बुद्ध एयर नेपालगन्जका प्रमुख विनितविक्रम शाहका अनुसार यात्रुको माग बढ्दै गएपछि उडान पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। उहाँका अनुसार नेपालगन्ज–पोखरा हवाई सेवा भारतको उत्तर प्रदेश क्षेत्रलाई पोखरासँग सिधा जोड्ने महत्वपूर्ण हवाई मार्गका रूपमा रहेको छ। पछिल्लो समय यस मार्गमा यात्रुको चाप बढ्दै गएपछि नियमित उडान सञ्चालन गर्न लागिएको हो।

नेपालगन्ज–पोखरा उडान गत जेठ ५ गतेदेखि स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु तथा सञ्चालन लागतमा इन्धन खर्च बढी हुनुका कारण उडान रोकिएको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरका नेपालगन्ज प्रमुख शाहले पछिल्लो समय नेपाल आउने धार्मिक पर्यटकको संख्या बढ्दै गएको र नेपालगन्जबाट पोखरा जाने यात्रुको मागसमेत बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको छ। विशेषगरी भारतको उत्तर प्रदेशबाट नेपालगन्ज हुँदै पोखरा पुग्ने धार्मिक तथा पर्यटकीय यात्रुका लागि यो उडान सहज माध्यमका रूपमा रहेको छ।

उडान पुनः सञ्चालनको तालिकाअनुसार नेपालगन्जबाट पोखराका लागि आइतबार, बुधबार र शुक्रबार नियमित उडान हुनेछ। बुद्ध एयरले उक्त उडानका लागि टिकट बुकिङसमेत खुला गरिसकेको जनाएको छ।

नेपालगन्ज–पोखरा हवाई सेवा पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। यस हवाई सेवाले बाँके तथा आसपासका क्षेत्रबाट पोखरा जाने यात्रुलाई सहज हुने मात्र नभई भारतीय पर्यटकलाई समेत पोखरासम्म पुग्न प्रत्यक्ष हवाई सम्पर्क उपलब्ध गराउने व्यवसायीहरूको अपेक्षा छ।

नेपालगन्ज र पोखराबीचको हवाई सम्पर्कलाई पर्यटन प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण मानिँदै आएको छ। नेपालगन्ज पश्चिम नेपालका साथै भारतको सीमावर्ती क्षेत्रबाट आउने पर्यटकका लागि प्रमुख प्रवेशद्वारका रूपमा रहेको छ भने पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो। दुई शहरबीच नियमित हवाई सेवा सञ्चालन हुँदा पर्यटकको यात्रा समय घट्नुका साथै दुवै क्षेत्रको पर्यटन गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि नेपालगन्ज–पोखरा हवाई सेवा सातामा तीन दिन सञ्चालनमा आएको थियो। सेवा सञ्चालन भएपछि बाँके, बर्दिया लगायत पश्चिम नेपालका यात्रु तथा भारतीय पर्यटकलाई पोखरा पुग्न सहज भएको थियो।

तर यात्रुको मागमा आएको कमी र सञ्चालन खर्च बढेपछि सेवा केही समयका लागि स्थगित गरिएको थियो। अहिले पर्यटक तथा यात्रुको माग पुनः बढ्न थालेपछि बुद्ध एयरले उडानलाई निरन्तरता दिने निर्णय गरेको हो।

नेपालगन्ज–पोखरा नियमित उडान पुनः सुरु भएपछि पश्चिम नेपाल र पोखराबीचको हवाई सम्पर्क थप प्रभावकारी बन्ने तथा भारतीय धार्मिक पर्यटकलाई नेपालका प्रमुख पर्यटकीय गन्तव्यसम्म पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४