Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वीपीलाई आफू अनुकुल प्रयोग गर्ने प्रवृत्ति बढ्दो छः गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ३१ २०८३
  • 494
    SHARES

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगन थापाले पछिल्लो समय वीपी कोईरालाका विचारलाई आफू अनुकुल व्याख्या गर्ने प्रवृत्ति बढेको बताउनुभएको छ ।

आईतवार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उहाँले वीपी कोईरालाको सम्पूर्ण राजनीतिक जीवन, विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति काँग्रेसभित्र देखिएको बताउनुभएको हो । पछिल्लो समय काँग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसंगमा वीपी कोईरालालाई सम्झने गरेको टिप्पणी गर्नुभयो ।

काँग्रेस ईतरपक्षलाई लक्षित गर्दै उहाँले नेताहरुले आफ्ना राजनीतिक निर्णय आँफै गर्न नसकेर वीपीको नामको सहारा खोजेको आरोप लगाउनु भयो । आफूलाई जहाँ चाहिन्छ, त्यहाँ वीपी कोईरालालाई प्रयोग गर्ने प्रवृत्तिले वीपीको वास्तविक विचारलाई कमजोर बनाउने उहाँको भनाई छ । बीपी कोईराला र गणेशमान सिंहलाई कुनै परिवार वा सिमित समूहभित्र मात्र सिमित गर्न नहुने उहाँले बताउनु भयो । वीपीको आह्वानमा आफ्नो परिवार र व्यक्तिगत जीवन त्यागेर राजनीतिक आन्दोलनमा होमिएका पुरानो पुस्ताका अभियन्ताहरूले लेख्ने पुस्तक, दिने अभिव्यक्ति र सुनाउने अनुभवले वीपीको वास्तविक विचार र राजनीतिक यात्रालाई बुझ्न महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, पछिल्लो समयको हाम्रो परम्परा के रह्यो भने आफुलाई जहाँ निर चाहिन्छ, बीपी कोइरालालाई त्यहाँ निर प्रयोग गर्ने । म अहिले पनि हेरिरहेको छु, सुनिरहेको छु, ठाउँ ठाउँमा भएका छलफलहरुमा, वीपी कोईरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले एकदम व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात वीपीलाई सम्झनुभएको छ । रातारात वीपीलाई सम्झिदा यस्तो ट्रान्ज्याक्सन यहाँ भित्रको अहिले के गर्नु परेको छ, कोसँग मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु परेको छ, फेरि हिम्मत छैन फेरि, आफैँ आएर भन्ने । म यसो गर्छु भन्ने हिम्मत छैन ।

त्यो हिम्मत नभएपछि के हुन्छ भने कसलाई सम्झने भन्दा बीपीलाई सम्झने । वीपी त आउनुहुन्न अब बुझाउन, त्यसैले यो बेलामा को आइदिनुपर्छ अगाडि ? धर्म गौतमहरु आइदिनुपर्छ । तिमीहरुले भनेको जस्तो वीपी होइन है, बीपी हामीले पनि बुझेका छौँ । धेरै प्राइभेटाइज गर्न दिनुहुन्न, वीपी कोईरालालाई कसैले, वीपीलाई वा गणेशमानलाई कसैले यो घर भित्र कैद गर्न दिनुहुन्न । आज वीपीलाई मिसकोड हुँदैगर्दा विपीको अपव्याख्या हुँदैगर्दा वीपीको आह्वानमा आन्दोलनमा उत्रेकाहरु अगाडी आएर बुझाउनुपर्छ, हामीसंग त्यो आधिकारिकता हुँदैन, हामीलाई तिमीहरुले देख्या थियौँ, वीपी भन्दा छैन भन्नुपर्ने हुन्छ, कहिलेकाँही कुराकानी गर्न ३ जना बस्यो भने विपीले यसो भन्नुभएको थियो भन्नुहुन्छ, अब कहीँ पढेको पनि छैन, सुनेको पनि छैन, भन्नुभएको छ भनेपछि हो की भन्नुप¥यो । त्यसैले साँच्चिकै नो बेलामा अभियान्ताहरु थिए, उहाँले वीपीको बारेमा भनिदिनुपर्छ ।’

वीपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको उल्लेख गर्दै उहाँले लोकतन्त्र र सामाजिक न्यायप्रतिको वीपीको मूल प्रतिवद्धता कहिल्यै परिवर्तन नभएको बताउनु भयो । आर्थिक विकासका विषयमा पनि वीपीका विचारलाई एउटै प्रसंगमा सिमित गर्न नहुने उहाँको भनाइ छ । उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगबारे वीपीले फरक समयमा राखेका धारणालाई अहिलेको विकास बहस र कृत्रिम बुद्धिमत्ता (एआई) को सन्दर्भसँग समेत जोडेर अध्ययन गर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४