Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हर्मुज जलमार्ग सञ्चालन गर्ने बारेमा इरान र ओमानबीच जारी वार्ता सकारात्मक दिशातर्फ उन्मुख


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २४ २०८३
  • 627
    SHARES

एजेन्सी । इरान र ओमानबीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको ओमानले जनाएको छ ।

ओमानको विदेश मन्त्रालयले इरानसँग जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाकाे बारेमा छलफल भइरहेको जनाएकाे हाे । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले वार्ता अन्तिम चरणमा पुगेको बताए पनि हर्मुज जलमार्ग खोल्ने विषय अन्य केही शर्त पूरा हुनुपर्नेमा निर्भर रहेको बताउनुभयाे ।

इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती शर्तमध्ये मुख्य रुपमा अघि सारेको छ । इरानले यसअघि भएको युद्धविराम तथा वार्ता अघि बढाउने समझदारी अमेरिकाले उल्लङ्घन गरेको आरोप लगाउँदै आएको हाे । इरानका सुरक्षा प्रमुख मोहम्मद बाकेर जोल्घद्रले पनि अमेरिकाले आफ्नो व्यवहार सच्याउनुपर्ने भन्दै हर्मुज तत्काल नखोलिने बताउनुभएको छ ।

उहाँले इरानमाथिको धम्की रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौ सैनिक नाकाबन्दी हटाउनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने लगायत माग अघि सार्नुभयाे । हर्मुज विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो । सामान्य अवस्थामा विश्वमा प्रवाह हुने करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने गर्छ ।

यसको अवरोधले विश्व बजारमा तेलको मूल्य र ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पार्ने गर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानसँग सहमति चाँडै हुन सक्ने बताउनुभएको थियो । तर अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हिजो वार्तामा प्रगति भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।

यसअघि इरानले यो मार्ग हुँदै जाने जहाजबाट ५ देखि ७ प्रतिशतसम्म शुल्क लिन खोजेको समाचार सार्वजनिक गरेको थियो । वार्ता भइरहेकाे समयमा जहाजमाथि आक्रमणका घटना पनि सार्वजनिक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४