Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेनजी प्रदर्शनका जघन्य अपराधका आरोपीलाई उन्मुक्ति हुँदैन : प्रहरी प्रवक्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २२ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । प्रहरीले गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएका जघन्य तथा गम्भीर प्रकृतिका अपराधमा संलग्न आरोपित कसैलाई पनि उन्मुक्ति नदिइने जनाएको छ ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जघन्य प्रकृतिका कसुरमा संलग्न कुनै पनि आरोपीलाई कानुनी कारबाहीबाट छुट दिन नसकिने स्पष्ट पार्नुभएको हो ।

प्रवक्ता काफ्लेले गम्भीर प्रकृतिका अपराधमा संलग्न व्यक्तिमाथि कानुनअनुसार अनुसन्धान तथा कारबाहीको प्रक्रिया अघि बढ्ने बताउनुभयो । उहाँले यस्ता घटनाका आरोपीलाई उन्मुक्ति दिने विषयमा प्रहरीसमक्ष कुनै निर्णय वा निर्देशन नआएको समेत स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार महान्यायाधिवक्ता कार्यालयबाट समेत सरकारको तर्फबाट जघन्य अपराधका आरोपीलाई उन्मुक्ति दिने वा अनुसन्धान तथा कारबाही प्रक्रिया रोक्ने सम्बन्धमा कुनै पत्र प्राप्त भएको छैन । गम्भीर प्रकृतिका घटनामा संलग्न आरोपितलाई कानुनी दायराबाट बाहिर राख्न नहुने प्रहरीको धारणा रहेको उहाँले बताउनुभयो ।

प्रहरी प्रवक्ता काफ्लेले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनालाई गम्भीर रूपमा लिइएको बताउँदै अपराधको प्रकृति र संलग्नताका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । जघन्य अपराधमा संलग्न व्यक्तिले राजनीतिक वा अन्य कुनै आधारमा उन्मुक्ति पाउने अवस्था नरहेको उहाँको भनाइ छ ।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा हिंसात्मक घटना भएका थिए । प्रदर्शनका क्रममा भएको हिंसा, आगजनी, तोडफोड तथा अन्य घटनामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।

उक्त घटनाका क्रममा ३ जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा समेत ठूलो क्षति पुगेको थियो । घटनापछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाउँदै दोषी देखिएका व्यक्तिमाथि कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनु प्रहरीको दायित्व हो । घटनामा कसको संलग्नता कस्तो थियो भन्ने विषय अनुसन्धान र प्रमाणका आधारमा निर्धारण हुने भएकाले कुनै पनि व्यक्तिलाई केवल आरोपकै आधारमा दोषी नठहराइने तथा प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।

प्रहरीले जेनजी प्रदर्शनका क्रममा भएका गम्भीर घटनाको अनुसन्धानलाई तथ्य र प्रमाणमा आधारित बनाएर अघि बढाउने जनाएको छ । साथै, घटनाका सम्बन्धमा प्राप्त प्रमाण, उजुरी तथा अनुसन्धानबाट खुलेका तथ्यका आधारमा सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गरिने प्रहरी प्रवक्ता काफ्लेले स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४