Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो, बीओपीमा क्षति


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २२ २०८३
  • 418
    SHARES

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुक्खा पहिरो जाँदा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा क्षति पुगेको छ।

प्रहरीका अनुसार भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार कार्यालय परिसरमाथिको उत्तर–पश्चिमतर्फ रहेको अग्लो डाँडाबाट अचानक सुक्खा पहिरो खसेपछि सशस्त्र प्रहरी बलको बीओपीमा भौतिक क्षति पुगेको हो।

पहिरोका कारण बीओपी भवन तथा परिसरमा क्षति पुगे पनि घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनापछि सुरक्षाकर्मीले आवश्यक सतर्कता अपनाउँदै क्षतिको विवरण संकलन तथा थप जोखिमको मूल्याङ्कन सुरु गरेका छन्।

मनसुन सक्रिय रहेकाले पहाडी तथा हिमाली जिल्लामा पहिरोको जोखिम बढिरहेको अवस्थामा तातोपानी भन्सार क्षेत्रमा भएको यो घटनाले सीमा क्षेत्रको सुरक्षा संरचनामा समेत असर पुर्‍याएको छ।

प्रहरीले उक्त क्षेत्रमा थप पहिरो खस्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन स्थानीयवासी, यात्रु तथा सीमा नाका प्रयोगकर्तालाई आग्रह गरेको छ। सम्बन्धित निकायले क्षतिग्रस्त संरचनाको निरीक्षण तथा मर्मतको तयारीसमेत अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४