Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लागूऔषधसहित काठमाडौंको नागपोखरीबाट चार जना नियन्त्रणमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १८ २०८३
  • 532
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिका–१, नागपोखरी क्षेत्रबाट सशस्त्र प्रहरी बल (एपीएफ)ले ठूलो परिमाणमा लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा गरिएको अपरेसनमा ब्राउन सुगर, ट्रामाडोल, नाइट्रोभेट क्याप्सुल, नगद, विदेशी मुद्रा, सञ्चार उपकरण तथा अन्य सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार साउन १८ गते एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको विशेष टोलीले नागपोखरी क्षेत्रमा छापा मारेर २९६.७५ ग्राम ब्राउन सुगर, २२० चक्की ट्रामाडोल र १३० क्याप्सुल नाइट्रोभेटसहित चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१ निवासी ४३ वर्षीय प्रभात तिवारी, काठमाडौं महानगरपालिका–१४ बल्खु निवासी भुपेन्द्र श्रेष्ठ, सर्लाहीको मलंगवा नगरपालिका–८ निवासी सुजन रायमाझी तथा ललितपुर बागडोल–४ निवासी ५१ वर्षीय सविन श्रेष्ठ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट १ लाख ९८ हजार ३ सय ७५ रुपैयाँ नगद, १ हजार जापानी येनसहित अन्य विदेशी मुद्रा, २ वटा सञ्चार सेट, ३ थान ल्यापटप, १ थान प्रिन्टर, ४ थान मोबाइल फोन तथा लागूऔषध मिसाउन प्रयोग हुने २२ बोतल रासायनिक पदार्थ (केमिकल) समेत बरामद गरेको जनाएको छ।

यसका साथै उनीहरूले प्रयोग गर्दै आएको बा ७ च ५१८० नम्बरको गाडी पनि नियन्त्रणमा लिइएको छ। बरामद सामग्रीका आधारमा लागूऔषध कारोबार संगठित रूपमा भइरहेको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ परेका प्रभात तिवारी लागूऔषधसम्बन्धी मुद्दाका फरार अभियुक्त समेत रहेका छन्। उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।

पक्राउ परेका चारै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद भएका लागूऔषध तथा अन्य सामग्रीको स्रोत, सम्भावित सञ्जाल र संलग्न अन्य व्यक्तिको खोजीसमेत जारी रहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४