Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति यादवको अपिल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १५ २०८३
  • 304
    SHARES

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । मुलुकको पछिल्लो परिस्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान समसामयिक विषयमा छलफल गर्न आयोजना गरेको भेटघाटपछि संचारकर्मीसँग कुरा गर्दै डा. यादवले भौगोलिक, जातीय, धार्मिक र सांस्कृतिक विविधताको रक्षा गर्दै सबै नेपाली एकतावद्ध हुनुपर्नेमा जोड दिए।

शितल निवासमा भएको उक्त छलफलमा पूर्व राष्ट्रपति यादवसहित पूर्व उपराष्ट्रपति परमानन्द झालगायत विशिष्ट पदाधिकारीहरूको सहभागिता रहेको थियो । पूर्व राष्ट्रपति यादवले सुनसरीमा दुई समुदायबिच भएको घटनापछि तराईका जिल्लामा भएको झडप र प्रदर्शनका घटनाहरूमा तीन जना नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति संवेदना प्रकट गरे ।

उनले राज्यका निकायहरूले समयमै सही सूचना प्राप्त गरी व्यवस्थापन गर्न नसक्दा यस्ता अप्रिय घटना हुने गरेको उल्लेख गरे । सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै डा। यादवले राज्यले सबै राजनीतिक दल, नागरिक समाज र धार्मिक अगुवाहरूलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने सुझाव दिए ।

उनले भने, ‘अहिलेको डिजिटल र सामाजिक सञ्जालको युगमा सही सूचनासँगै गलत सूचना पनि छिटो प्रवाह हुन्छ । यस्तो अवस्थामा राज्यले समयमै प्रभावकारी कदम चाल्न सकेको भए स्थिति नियन्त्रणमा रहने थियो । विविधतामा एकता नै हाम्रो शक्ति हो । राज्यले यो शक्तिलाई पहिचान गरी सबै पक्षलाई एकजुट बनाउने कौशल देखाउनुपर्छ । बल प्रयोग गर्नुभन्दा पनि संयमता र समन्वयका साथ समस्याको समाधान खोजिनुपर्छ ।’

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ बनाउनु सबै नागरिकको साझा जिम्मेवारी भएको बताउँदै उनले कुनैपनि बहानामा सामाजिक विखण्डन हुन नदिन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४