Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १२ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय झापाले आर्थिक वर्ष २०८२/०८३ मा नयाँ उद्योग दर्ता तथा विभिन्न सेवा प्रवाहमार्फत रु २ करोड ४१ लाख ६१ हजार १५० राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार उद्योग दर्ता र सेवा विस्तारमा उल्लेखनीय वृद्धि भएसँगै राजस्व संकलन पनि उत्साहजनक रहेको हो।

कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। दर्ता भएका उद्योगमध्ये सेवामूलक उद्योगको संख्या सबैभन्दा बढी रहेको छ, जसले झापामा सेवा क्षेत्रप्रति उद्यमीहरूको आकर्षण बढ्दै गएको संकेत गरेको छ।

तथ्यांकअनुसार दर्ता भएका उद्योगमध्ये ३०२ वटा सेवामूलक, १४७ वटा उत्पादनमूलक, १३३ वटा कृषि तथा वनजन्य, तीन वटा सूचना प्रविधिसम्बन्धी तथा एउटा ऊर्जामूलक उद्योग रहेका छन्।

कार्यालयका अनुसार सेवामूलक उद्योगको संख्या सबैभन्दा बढी हुनु भनेको स्थानीय स्तरमा होटल, रेष्टुरेन्ट, मर्मत सेवा, परामर्श, शिक्षालगायत विभिन्न सेवा व्यवसायमा लगानी बढिरहेको देखिन्छ। त्यसैगरी उत्पादनमूलक तथा कृषि–वनजन्य उद्योगको उल्लेखनीय संख्याले स्थानीय उत्पादन र रोजगारी सिर्जनामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

राजस्व संकलनतर्फ हेर्दा, प्रशासनिक सेवा शुल्कबाट रु १ करोड ९८ लाख १४ हजार ५०, व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट रु ४२ लाख ८२ हजार १०० तथा सरकारी सम्पत्तिको बिक्रीबाट रु ६५ हजार राजस्व प्राप्त भएको सूचना अधिकारी भट्टराईले जानकारी दिए।

घरेलु तथा साना उद्योग कार्यालयले उद्योग दर्ता, नवीकरण, नामसारी, क्षमता अभिवृद्धि तथा उद्यम विकाससम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको छ। पछिल्लो समय स्वरोजगार, साना लगानी र स्थानीय उत्पादनमा आधारित उद्योग स्थापना गर्ने प्रवृत्ति बढ्दै जाँदा उद्योग दर्ताको संख्या पनि निरन्तर वृद्धि भइरहेको कार्यालयको भनाइ छ।

सरकारले घरेलु तथा साना उद्योगलाई आर्थिक विकास, रोजगारी सिर्जना र स्थानीय स्रोत–साधनको उपयोगको प्रमुख आधारका रूपमा प्राथमिकता दिँदै आएको छ। झापामा उद्योग दर्ता र राजस्व संकलनमा देखिएको वृद्धि यस क्षेत्रको व्यावसायिक गतिविधि विस्तार हुँदै गएको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४